काठमाडौं । एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेताको छिनोफानो शुक्रबार (भोली) लाग्दैछ । प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेता नै भावी मुुख्यमन्त्री बन्ने पक्का छ ।
भावी मुख्यमन्त्री बन्न शेरधन राई, भीम आचार्य र जीवन घिमिरेले मुख्य मिठ्याएका छन् । राईलाई केपी ओलीको आशिर्वाद छ । आचार्यलाई झलनाथ खनाल र माधव नेपाल पक्षको समर्थन रहेको दाबी आइरहँदा, नेपालकै निकट जीवन घिमिरेले मुख्य मन्त्रीको दाबी गरिदिएपछि, आचार्य अप्ठेरोमा परेका छन् ।
तुलनात्मक रुपमा घिमिरे कमजोर उम्मेदवार मानिन्छन् । तर उनले उम्मेदवारी फिर्ता नलिएमा आचार्यको भाग फुत्किने निश्चित छ । त्यसको फाइदा राईले उठाउने छन् । अहिलेसम्मको स्थिति हेर्दा युवा नेता राईल अध्यक्षको आशिर्वाद र जनजाती क्लष्टरको फाइदा उठाउने देखिन्छ ।
तर प्रदेश नम्बर १ मा नेता माधव नेपाल पक्ष हावी भएका कारण घिमिरेले उम्मेदवारी दिने घोषणा नगर्दासम्म पार्टी सचिव आचार्य जित हात पर्नेमा ढुुक्क थिए । तर गएको आइतबार एकाएक घिमिरेले दाबी गरिदिएपछि आचार्यलाई राम्रो निद्रा पर्न छाडेको छ।
एकातिर अध्यक्ष ओलीको दबदबा अर्कोतिर जनजाती क्लष्टरको डर मान्दै आएका आचार्य आफ्नै खेमाका घिमिरे तम्सिएपछि रन्थनिएका छन् र उनलाई फकाउन लागि परेका छन् । प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको चुनावमा बहुमत ल्याउने नेता संसदीय दलको नेता र मुख्यमन्त्री बन्नेछन् ।
शेरधन राई
सबल पक्ष कमजोर पक्ष
० आन्दोलनले उठाएको मान्छे ० मुख्यमन्त्री बन्छु भनेर शुरुदेखि नै गनगन गर्दा
० केटाकेटीपन देखाएको भन्दै आलोचना
० पार्टी अध्यक्ष र जनजाती क्लष्टर ० जातीय क्लष्टरमा भर पर्दा पार्टीभित्रै आलोचना
० युवा जोश, युवा सहभागिताको सवाल ० उत्ताउलोपना र चुनावको मुखमा आचार्यलाई भ्रष्ट आरोप लगाउनु

भीम आचार्य
सबल पक्ष कमजोर पक्ष
० लामो समयलेखि संगठनको क्रियाकलाप ० प्रदेश र प्रतिनिधिसभा सुनसरीका धेरै ठाउँमा पार्टीको हार
० अनुुभवले खारिएको
० उमेर र खटाइले राईभन्दा धेरै सिनियर ० स्थानीय र संसदको चुनावमा उम्मेदवार छान्दा आर्थिक हिनामिना गरेको आरोप
० पूर्वान्चलमै रहेर लामो समयदेखि काम गर्दा ० मुख्यमन्त्री बन्ने लोभमा लागि केन्द्रको राजनीति छाड्नु
० कार्यकर्ता नजिक
० नेता झलनाथ खनाल र माधव नेपालको आशिर्वाद ० अन्तिम समयमा मात्रै मुख खोल्नु

घिमिरेको एउटै तर्क :
राजनीतिक जीवनको सुरुवातदेखि अहिलेसम्म कुनै पनि राजकीय पद नलिएको र परीक्षा दिन पनि नपाएकोले अब परीक्षाको मौका आफूलार्ई दिनुपर्ने ।
संभावित नतीजा:
जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएमा : भीम आचार्यले ८–१० मतसम्मको अन्तरमा जित्ने
घिमिरेले फिर्ता नलिएमा : शेरधन राईले ५—७ मतले जित्ने