•  

    २०७७ श्रावण ३१, शनिबार उर्लाबारी ।कांग्रेस उर्लाबारी सभापतिमा शाक्यले उम्मेद्वारी दिने पूर्वी मोरङमा युवा पुस्तामा परिचित नाम हो, सचिन शाक्य । उर्लाबारी जेसीजलगायत विभिन्न संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नु भएका शाक्य आसन्न नेपाली कांग्रेसको उर्लाबारी नगर सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

    नेपाल तरुण दल मोरङ जिल्लाको सचिव समेत रहनु भएका शाक्यले पार्टीको नेतृत्व अब युवा पुस्ताले लिनु पर्ने धारणा राख्नुहुन्छ । उर्लाबारी उद्योग वाणिज्य संघलगायत उर्लाबारीका विभिन्न संघसंस्था तथा सहकारीहरुमा बसेर काम गरिसक्नु भएको छ । उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहनु भएका शाक्यले निर्माण ब्यवसायीसमेत हुनुहुन्छ । उर्लाबारी कांग्रेसलाई विशिष्टिकृत र वैचारिक हिसाबले अझ सशक्त रुपमा अगाडि बढाउन लागि आफ्नो उम्मेदवारी रहने उहाँको भनाई छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…