• काठमाडौं, २६  माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आफै हुनुपर्ने अडान राखेपछि एकताको विषय सेलाएको खुल्न आएको छ ।

    ओलीले कुनै पनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री आफै हुनुपर्ने अडान प्रचण्डसँगको बैठकमा राख्ने गरेको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

    तर, पार्टी एकतापछि बन्ने एकिकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनुपर्ने माओवादी केन्द्रको अडान छ । जसले एमाले–माओवादीबीचको पार्टी एकता र नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भईरहेको बताइन्छ ।

    असोजमा भएको सहमति अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिनु पर्नेछ । तर एमाले अध्यक्ष ओली भने उक्त सहमतिबाट ‘ब्याक’ भएकाले सहमतिको हलो अड्किएको माओवादी नेताहरुले बताउँछन् ।

    पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् ।

    एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएपछि अर्को बर्ता हुन सकिरहेको छैन ।

    ‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’

    ति नेताको यो भनाईबाट पनि पुष्टि हुन्छ कि एकतामा कतै न कतै दरार उत्पन्न भएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…