• काठमाडौं,२६ माघ । नेकपा(एमाले)का केही स्वार्थी समूहका कारण एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले गति लिन सकेको छैन । निर्वाचन पछाडि एमाललेमा एक प्रकारको दम्भ बढेको र अरुलाई टेर्नुपर्छ भन्ने मान्यता क्रमशः स्खलित हुँदै गएको छ ।
    पार्टी अध्यक्ष , प्रधानमन्त्री, सभामुख र राष्ट्रपति जस्ता महत्वपूर्ण पद जति सबै आफैले लिनुपर्छ भन्ने मान्यताले एमालेमा घर गरेको छ । जसका कारण एकता प्रक्रियाले गति लिन सकेको छैन । एकता प्रक्रिया अगाडि बढ्न नसक्नुको पछाडि विशेष गरी एमाले अध्यक्ष खड्ग ओली गुटमा रहेका केही अनुदार व्यक्तिहरुको हात रहेको सहजै अनुमान गर्न सकिन्छ ।
    उनीहरु यतिसम्म अनुदार बन्न छाडेका छन् कि बरु मधेश केन्द्रित दललाई मिलाएर भएपनि सरकार सञ्चालन गर्नुपर्ने र माओवादी केन्द्रसँग एकता गर्नै हुन्न भन्ने सम्मको अवस्थामा पुगेका छन् ।
    माओवादी केन्द्र एकताको नाममा मिसिन आयो भने केही भएन तर महत्वपूर्ण कुनै पनि पद दिइनु हुन्न भन्ने अल्पकालीन सोच र दम्भी चरित्रका कारण एकता प्रक्रियामा गत्यवारोध भएको नेताहरुले जानकारी दिएका छन् । एमाले अध्यक्ष ओलीको नजिक रहेकालाई के डर छ भने भोलि एकता भइहाल्यो भने पार्टी भित्रका विपक्षी माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी सम्पूर्ण रुपमा कब्जा गर्छन् , त्यसकारण कुनै पनि हालतमा एकता गरिनुहुन्न । एकता प्रक्रिया अगाडि बढ्न नसक्नुको कारण उल्लेख गर्दै एक नेताले भने त्यो दम्भी चरित्रको घेराबन्दीलाई ओलीले के कति चिर्न स्क्छन् सोही आधारमा एकता प्रक्रिया अगाडि बढ्छ वा बढ्दैन भन्ने कुराको निर्धारण हुन्छ ।
    पछिल्लो दिनमा एमाले पंक्तिबाट माओवादीलाई राज्यका प्रमुख कुनै पनि पद दिन नसकिने धारणा अनौपचारिक रुपमा बाहिर प्रचारमा ल्याइएको छ । शक्ति सन्तुलनको हिसाबले प्रधानमन्त्री एमालेले लिएपछि राष्ट्रपति माओवादी केन्द्रलाई दिइनु पर्दछ । सभामुख र राष्ट्रियसभा अध्यक्षमा भने बाँडफाँड गर्न सकिन्छ । अझ प्राकृतिक न्यायको सिद्धान्तका आधारमा हेर्ने हो भने सभामुख र राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले नै दावी गर्न पाँउछ ।
    वाम गठबन्धनले जितेका कुल ६ प्रदेश मध्ये एमालले २ वटा मात्रै माओवादी केन्द्रलाई दिएको छ । दुई मुख्यमन्त्री र दुई सभामुखमा मात्रै माओवादी केन्द्रले लिएर पार्टी एकतालाई सहज बनाएको भएपनि एमालले बढी लिएको छ । सामान्यता उसले चार प्रदेशमा मुख्यमन्त्री लिएपछि कम्तीमा पनि चार प्रदेशमा सभामुख माओवादीलाई दिइनुपर्दथ्यो, त्यो भने हुन सकेन । एमालेले अनावश्यक रुपमा दम्भ प्रदर्शन गरिरहेको छ । २०७० सालको निर्वाचन पछि नेपाली काँग्रेसले दम्भ गर्दा सबै पद गुमेको थियो, २०६४ मा माओवादीले दम्भ गर्दा सबै पद गुमे जस्तै यस पटक एमालेले दम्भ गरेको अवस्थामा उसको पनि सबै पद नगुम्ला भन्न सकिदेन । त्यो प्रति एमाले नेतृत्वले के सोच्छ र हेर्छ त्यो भने आगामी दिनले नै देखाउला तर हालसम्मको उसको व्यवहारले भने एमाले दम्भमा नै रमाइरहेको देखिन्छ ।
    पछिल्लो पटक भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण पछि अझै एमाले नेताहरुमा दम्भ बढेको सहजै अनुमान गर्न सकिन्छ । वाम गठबन्धनलाई फुटाउन र त्यसलाई आकार लिन नदिन अनेकन प्रयास भइरहेका छन् । सोही प्रयासको गोटी एमाले बन्न लागेको त होइन भन्ने आशंका समेत बढेर गएको छ । एमालेका केही नेताहरु जसरी भएपनि सरकार बनाउने तर पार्टी एकतालाई कुनै पनि हालतमा अगाडि नबढाउने खेलमा लागेको सहजै अनुमान गर्न सकिन्छ । काँग्रेस पनि वाम एकता नहोस् भन्ने पक्षमा नै रहेको छ । वाम एकता रोक्नलाई उसले अनेकन प्रयास गरिरहेको छ । एकता प्रक्रियालाई जनताले अनुमोदन गरेका छन् र सोही आधारमा जनमत पनि दिएका छन् तर एमाले भित्रैका केही नेताका कारण एकता प्रक्रिया खण्डित हुने त होइन भन्ने आशंका र संसय पछिल्लो दिनमा बढ्दै गएको छ । सबै पद आफैले लिनुपर्ने, विचार सिद्धान्त एमालेको मान्नुपर्ने जस्ता साँघुरो सोचका कारण एकता अन्यौलता खडा भएको छ । त्यसलाई चिरेर अगाडि बढ्ने साहस नगर्दासम्म सरकार गठन अघि एकता पक्रियाले गति लिन नसक्ने सहजै अनुमान गर्न सकिन्छ ।
    ओलीलाई पार्टी माओवादीले कब्जा गर्ला भन्ने चिन्ता छ भने उनी नजिक रहेकालाई भोलि अवसर नपाइएला कि भन्ने चिन्ताले घर गरीरहेको अवस्थामा दुवै पार्टीले जित्ने गरी एकतालाई सार्थक निष्कर्षमा पु¥याउनु आजको प्रमुख कार्यभार हो । अन्यथा राजनीति भनेको सम्भावनाको खेल भएकाले राताराता अर्को निर्णय भयो भने त्यसलाई आश्चर्यको रुपमा नमान्दा नै एत्तम हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…