• २६ माघ, चितवन ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

    उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् ।

    शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।

    केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्‍याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’

    एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताए ।

    अर्को एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुनेे बताए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…