• २०७७ भदौ १५ सोमबार

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी (दुवै) को भाउ बढेको छ । हिजोको तुलनामा आज तोलामा ३ सय रुपैयाँले बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो (आइतबार) तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो ।




    यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला थियो ।

    यसैगरी चाँदीको भाउ एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ । आइतबार १३४० मा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ ।

    सुनको भाउ आइतबार पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …