• काठमाडौं। सत्तारुढ नेकपामा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । यतिसम्मकी एउटा अध्यक्षले बैठक स्थगित गर्ने र अर्को अध्यक्षले बैठक बोलाउनेसम्मका घटना भएका छन् ।

    नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको सहभागितामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको स्थायी समिति बैठक प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डले राखे ।

    त्यो बैठकलाई ओली समूहले भने गुटको भेला भनेको छ । यसले पार्टीमा विग्रह आउन लागेको प्रष्ट रुपमा भन्न सकिन्छ । विश्व कोरोनाबाट आक्रान्त भइरहेको बेला ओलीलाई उठिबास लगाउन अन्य नेताहरु एकगठ भएका छन् ।

    सबै देशमा सरकार र राजनीतिक दलहरू कोरोनाविरुद्ध एकजुट भई लडेका छन्, तर नेपालमा कोरोनासँग लडिरहेको सरकारविरुद्ध त्यही पार्टीभित्र स्थायी समितिका सदस्यहरूले लडाइँ सुरु गरेका छन् । अहिले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि नेपाल, खनाल, गौतम लगायतका नेताहरुले प्रचण्डलाई उक्साइरहेका छन् ।

    त्यो उक्साहटका कारण पार्टीमा विग्रह आउने सम्भावना प्रवल छ । प्रचण्ड, माधव, झलनाथले ओलीलाई नारायणकाजी बनाउन खोजेका छन् । ओली बन्छन कि बुद्धि पु¥याउँछन, त्यो भने हेर्न बाँकी छ । विधि, पद्धति, विचार, सिद्धान्त छाडेर पदका लागि यस्तो कठिन अवस्थामा छाचुडी गर्नु कदापी उपयुक्त हुन सक्दैन ।

    अहिले ओलीलाई हटाउन लागेका सबै नेताहरु आफू सत्तामा पुगिन्छ भन्ने दाउँमा छन् । राजनीतिक स्थायित्व गर्न र लोकतन्त्र सुदृढ गर्ने दायित्व अहिलेको सरकारसँग छ ।

    तर, सरकारले त्यो गर्न सकेको छैन । पार्टीभित्रका ओलीका विरोधीले त्यही विषय उठाएका छन् । त्यो जाहेज पनि हो । चर, उनीहरुले ओलीलाई हटाएर आफुहरुले त्यो कार्यभार पुरा गर्न सक्छन कि सक्दैन त्यो भने ज्ञारेन्टी हुन पर्छ ।

    अहिले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनु भनेको पार्टीबाट निस्कासन गर्ने हो । नेकपाको विधान हे¥यो भने ओलीलाई पार्टीबाट निस्कासन नगरी पदबाट हटाउन मिल्दैन ।

    विगतमा शान्ति प्रक्रियाका बेला सुध्रिनै आँटेका प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाको कक्षाबाट निकालेर पहिलो राष्ट्रपतिको निर्वाचनबाट उचालेर सेनापति काण्डमा लिएर ठोक्काउनमा एमालेकै नेताहरूको हात थियो ।

    अहिले त्यही स्थिति आउँदै छ, पार्टी एकता प्रक्रियामा लय लिइसकेका प्रचण्डलाई ओली कक्षाबाट निकालेर अविश्वासको खाडल खन्न नेपाल, खनाल र गौतमको उक्साहटले काम गरेको छ ।

    यो उक्साहट भनेको जसरी पनि पार्टी फुटाउने खेल हो । मुलक र नागरिकका लागि आफ्नै विवादमा रुमल्लिने पार्टी रहनु भन्दा फुट्नु नै उपयुक्त हुन्छ । अभियान टाइम्सका साथमा ।

     

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…