• काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो।



    भारतीय आयल कर्पोरेसनले १ सेप्टेम्बरमा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए। अब पेट्रोल १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए।

    यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको थियो।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …