• मोरङ । मोरङको पथरी शनिश्चरे-८ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी करिव दुई सय युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन ।

    नव प्रवेशी युवाहरुलाई आज पार्टी सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल नगर समितिले कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन ।

    नेपाली कांग्रेस सम्बद्द बिद्यार्थी संगठन नेवि संघका मौसम तामाङ, तरुण दलका बिनोद श्रेष्ठ, जोगेन श्रेष्ठ, मानबहादुर लिम्बू, दीपक बिक, सुर्य बराल, अशोक न्यौपाने, राजन श्रेष्ठ लगायत १८० जना युवाहरु नेकपामा प्रबेश गरेको राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर समितिको सहसंयोजक नवीनजङ कार्कीले बताए ।

    नगरको ८ नम्नर वडाको सुक्रबारेमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङ जिल्ला अध्यक्ष ॠषिकेश पोख्रल, सचिव गणेश उप्रेती, युवा संगठनका केन्द्रीय सदस्य बिजय डाँगी, रबिन थापा, जिल्ला अध्यक्ष नवीन पौडेल, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट लगायतले नव प्रबेशी युबाहरुलाई अबिर लगाएर स्वागत गरेका थिए ।

    बक्ताहरुले पार्टी सरकारले अघि सारेको "सुखी नेपाली समृद्द नेपाल" नारा सफल पार्न युवाहरु लाग्नु पर्ने बताएका थिए ।

    कार्यक्रममा पार्टीको १ नम्बर प्रदेश सदस्य युवराज बास्कोटा, पार्टी सम्बद्द पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा लगायतको उपस्थित रहेको थियो । पार्टी प्रबेश कार्यक्रममा पथरी शनिश्चरे नगर र ८ नम्बर वडाका नेताहरुको उपस्थिति रहेको थियो ।

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…