अर्जुन जम्नेली राई/रातोकलम
मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले कालो झण्डा प्रदर्शन गर्दै असोज ३ गते लाई
कालो दिनको रुपमा मनाउन मतहतका समितिहरुलाई निर्देशन दिएको छ ।
असोज ३ गते संघीय गणतान्त्रिक नेपालको नयाँ संविधान घोषणा भएको दिन हो । सो दिन सरकारको तर्फबाट विभिन्न कार्यक्रम गर्दै उत्सवको रुपमा संविधान दिवस मनाउछन ।
आन्दोलनरत पार्टी लगायतका संगठनहरुले भने सो दिनलाई कालो दिवसको रुपमा कार्यक्रम गर्दै आएका छन ।
यसैबीच मन्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक)ले बिहिबार बिज्ञप्ति प्रकाशन गर्दै
मातहतका प्रान्तिय मंचहरु, जिल्ला,क्षेत्र, नगर, टोल र जनबर्गीय समितिहरुलाई आफ्नो क्षेत्रमा कालो झन्डा गाडने, प्रदर्शन गर्ने, ज्ञापन पत्र दिने लगायतको निर्देशन दिएको छ ।
मन्चले संविधानले १० +१ प्रान्तलाई निषेध गरेको, पहिचानको आधारमा नाम नराखेको, समानुपालिक, समाबेशी राज्य कायम नगरेको लगायतको माग राख्दै संविधानको बिरोध गर्दै आएका छन ।
जनआन्दोलन , जनयुद्दमा लगायतको आन्दोलनहरुमा आदिबासी ,थारु ,मधेशी ,दलित शिल्पी ,खस समुदायहरुको योगदान रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहने बिज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन मन्चको मागहरु :-
१ , संबिधान संसोधन गरि लिम्बुवान ,खम्बुवान ,शेर्पा ,तामाङसालिङ ,नेवा :,तमुवान ,मगरात ,खसान ,थरुहट ,मधेश र दलित शिल्पी १० +१ प्रान्तहरु र बिशेष स्वायत्त क्षेत्रहरु सुनिस्चित गरियोस |
२ , राज्यको हरेक क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व लागु गरियोस | केन्द्र र प्रदेशमा मात्र होइन स्थानीय चुनाबमा पनि समानुपातिक प्रणाली लागु गरियोस |
३ ,राज्यको सबै सरकारी कार्यालयहरुमा ,लोकसेवा आयोगमा मातृभाषाको प्रयोगलाई सुनिस्चित गरियोस | मातृभाषा बिश्वबिधालय स्थापना गरियोस |
४ , नेपाल एकात्मकरण ( एकीकरण ?) को बेला यहाका आदिबासीहरु संग भएको सन्धिहरु अबिलम्ब नबिकरण गरियोस | बि स १८३१ सावन २२ गते लिम्बुवान र गोर्खा (काठमाडौँ ) बिच सम्पन्न भएको र बि स २०२५ साल कार्तिक ९ गते सम्म कायम रहेको सन्धिलाई नबिकरण गरियोस |
५ , खस समुदायको मस्टो धर्मलाई मान्यता प्रदान गरि खस समुदायलाइ आदिबासिमा सुचिकृत गरियोस र खसआर्य समानुपातिक क्लस्टरलाइ खस र आर्य अलग अलग क्लस्टर निर्माण गरियोस |
६ ,दलित शिल्पी समुदाय उपर अहिले सम्म भएको जातीय विभेदको लागि राज्यले सार्बजनिक माफी मागेर यस समुदायलाई दलित शिल्पी गैर भौगोलिक प्रान्तको संबैधानिक व्यवस्था गरियोस |
७ , धर्मनिरपेक्षता संग बाझिएका सबै कानुन ,मुलुकी ऐनहरुलाई तत्काल खारेज गरियोस |
८ ,नेपालका सबै समुदाय ,सबै सभ्यताहरु बिच सह –अस्तित्व कायम गर्न गोलमेच सम्मेलन आयोजना गरियोस |