• अर्जुन जम्नेली राई

    मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य राजेन्द्र गौतमले पत्रकारहरुले नेपालको संमृद्दीको लागि कलम चलाउनु पर्ने बताएका छन ।

    पार्टी संबद्ध पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको मोरङ जिल्ला समितिले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता गौतमले उक्त कुरा बताएका हुन ।

    नेपाल दलाल पुँजिवादी युगको अन्त्य र राष्ट्रिय पुँजी निर्माण गर्दै संमृद्द नेपाल निर्माणको चरण रहेको बताएको भन्दै पत्रकारहरुले प्रकृतिक श्रोतको उपयोग, कृषिलाई आधुनिकिकरण औद्योगिककरणमा जोड, पार्यटन क्षेत्र र पूर्बाधार बिकासमा आधारित रहेर कलम चलाउनु पर्ने बताएका हुन ।

    शिक्षा, सन्चार, चलचित्र क्षेत्रलाई पनि सुखी नेपाली र समृद्द नेपालसँग जोड्नु पर्ने नेता गौतमको भनाइ थियो ।

    भ्रष्टाचार, अनियमिता, तस्करी, सेन्टिगेट सबैखाले विभेदको विरुद्द र उत्पीडन सामाजिक न्यायसहित्को बितरणको पक्षमा कलम चलाउन केन्द्रीय सदस्य गौतमले पार्टी निकटका पत्रकारहरुले प्रशिक्षण दिएका हुन ।

    नेकपा सरकारले चार वटा पूर्बपचिम, छ वटा नाकासहितको उत्तर, दक्षिण सडक बिस्तार, तीन वटा रेलवे, अन्तर्राष्ट्रिय विमान स्थल निर्माण, फुसको छानो बिहिन सुरक्षित आभास कार्यक्रम लगायतको महत्वपूर्ण राष्ट्रिय महत्वको कार्यक्रम अघि सारेको बताए ।

    प्रशिक्षणको क्रममा तथ्यहिन समाचार सम्प्रेषण र अराजक क्रियाकलाप रोक्न प्रेस संगठनको भूमिका हुनुपर्ने, कम्युनिस्ट पार्टी सदस्यहरुले निर्णय प्रक्रियामा सहभागी र निर्णयको पक्षमा उभिनु पर्ने नेता गौतमले बताएका छन ।

    कार्यक्रमम प्रेस संगठन नेपालको केन्द्रीय सहसंयोजक गणेश बस्नेतले आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई ध्यान पुर्‍याउनु पर्ने बताए । नेता, कार्यकर्ता र पत्रकार आफैमा आलोचनात्मक चेत हुनुपर्ने र त्यो चेतना कसैलाई सक्न नभएर सुधारको लागि हुनुपर्ने उनले बताए ।

    पत्रकार महासंघको नयाँ सदस्य दिने, पुरानो हटाउने अधिकार जिल्लाको शिफारिसमा प्रदेशले निर्णय गर्ने र केन्द्रले अभिलेख राख्ने विधानमा ब्यबस्था भएपनि केही शक्तिले बैधानिक ब्यबस्ता तोडेर प्रदेशको अधिकार खोस्न खोजिरहेकोले प्रेस संगठनका कार्यकर्ताहरु सचेत रहनुपर्ने बस्नेतले बताए ।

    प्रेस संगठन मोरङ जिल्ला संयोजक सुदिप कोइरालाको सभापतित्वमा जुमको भर्चुअल प्रविधिमा भएको प्रशिक्षण कार्यक्रममा संगठनको १ नम्बर प्रदेश इन्चार्ज लिलाराज भट्टराई, संयोजक राजन केडि, केन्द्रीय सदस्यहरु बिक्रम लुइटेल, बिबेक गौतम, अर्जुन जम्नेली राई, गणेश लम्साल, अग्रज पत्रकार यज्ञ शर्मा, बन्धु पोखरेल लगायतका ५० जना पत्रकारहरु सहभागी भएका थिए ।

     

     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…