सुनसरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो । मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो ।
मृत्यु हुनेमा मोरङको सुनबर्षी नगरपालिकाकी ७ की ६८ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनको आज बिहानै ३ बजे निधन भएको हो । उनी असोज १० गते बिहान ७ बजे कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म वीपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।