मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ र रतुवामाई घर भएका कोरोना संक्रमित हुन् ।
रतुवामाई नगरपालिका–८ का ८० वर्षीय कोरोना संक्रमितको गए राती मृत्यु भएको हो । उनको होम आइसोलेसनमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गए राती करिब १० बजे घरमा नै मृत्यु भएको हो । उनलाई मंसिर १ गते संक्रमण पुष्टि भएको थियो । उनी मृगौलाको समस्याबाट पीडित थिए ।
यसैगरि, लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था बिग्रदै गए पछि गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।