सुरक्षा थ्रेट हुने भने पछि बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।
शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरे पछि ।
अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने निष्षित गरिएको थियो ।
मंगलबार विहान भने महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना दिएका हुन ।
धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको नेकपाको उच्च स्रोतको दाबी छ ।
पार्टीकै कार्यालय, धुम्बाराहीमा बैठक बस्दा ‘सुरक्षा थ्रेट’ हुने तर्कप्रति नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।
आफ्नै पार्टीको सरकार छ, पार्टी कार्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट हुन्छ भन्नु आफैंमा अनौठो छ ।एक नेताको कथन थियो