पुष्कर खड्का
१७ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीका सुमन खडकालाई मंसिर ३ गते भएको कुटपिटको घटनामा संलग्न भएको उजुरीको आधारमा प्रहरीले अाज रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीबाट सुमन खडकालाई पक्राउ गरको हो ।
कुटपिटबाट घाइते भएका वेदराज खडकाले रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्का, दीपक खडका र सुमन खडकाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा गत मंसिर ३ गते किटानी जाहेरी दिएका थिए ।
पक्राउ परेका खडका रामेछाप तरुण दल अध्यक्ष काजीबहादुर खडकाका भतिजा रहेको बताइएको छ ।किटानी जाहेरीमा काजीबहादुरको समूहले आफूलाई कुटपिट गरेको र ज्यान मार्ने अभियान अन्तर्गत तीन जनाको विरुद्ध जाहेरी दर्ता गरेको पीडित खडकाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले किटानी जाहेरीको आधारमा खडकालाई आज पक्राउ गरिएको जानकारी दिनु भयो ।
प्रमुख पाठकले जानकारी दिएको अनुसार पक्राउ परेका खडकालाई थप सात दिनको लागि अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनु भयो ।