राजेन्द्र महतो
लहान मंसिर २०गते ।सिरहा का एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर स्थित नोबेल नोबेल मेडिकल कलेजमा मा उपचारका क्रममा शुक्रबार मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय वृद्ध पुरूषको कोरोनाबाट मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगर ले जनाएको छ।
ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकाे थियाे । उनकाे सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शुक्रबार राति मृत्यु भएको बताइएको छ ।
योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।