•  काठमाडौं  २०७४ माघ २९ गते


    एमाले नेतृ सुजिता शाक्य समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन्। ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्का पक्की भएकाले एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटबाट समानुपातिक सांसद भएकी हुन्।

    जनजाति कोटाबाट सांसद बनेकी शंकर पोख्रेलकी पत्नी सुजिता ब्राह्मण कि जनजाति? प्रतिनिधिसभामा सदस्य मेटमणि चौधरी भन्छन्, ‘ब्राह्मणसँग बिहे गरेपछि त उहाँ ब्राह्मण हुनु पर्ने हो नि, कसरी जनजाति हुनुभयो?’  माओवादीकी यशोदा गुरुङ समानुपातिक सांसदको बन्दसूचीमा छिन्।

    उनी पनि जनजाति कोटाबाट सांसद बन्ने उच्च सम्भावना रहेको छ। जन्मथर सुवेदी भए पनि यशोदा माओवादी नेता देव गुरुङकी पत्नी भएपछि जनजाति कहलिएकी हन्। जन्मथर शाक्य भएका कारण सुजिता जनजाति नेतृको सूचीमा परिन् भने सुवेदी जन्मथर रहकी देव गुरुङकी पत्नी यशोदा कसरी जनजाती त ? दलहरुले सांसदका लागि गरेको यस्ताखाले सिफारिले यो प्रश्नको उत्तर जटिल बनेको छ।

    एमाले नेत्र सुजिता र माओवादी नेतृ यशोदा मात्रै हैनन् यस्ता अन्य महिला नेतृ पनि यसैगरी प्रतिनिधिसभा सदस्यमा जनजाति बनेर प्रवेश गर्दैछन्।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…