•  काठमाडौं  २०७४ माघ २९ गते


    एमाले नेतृ सुजिता शाक्य समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन्। ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्का पक्की भएकाले एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटबाट समानुपातिक सांसद भएकी हुन्।

    जनजाति कोटाबाट सांसद बनेकी शंकर पोख्रेलकी पत्नी सुजिता ब्राह्मण कि जनजाति? प्रतिनिधिसभामा सदस्य मेटमणि चौधरी भन्छन्, ‘ब्राह्मणसँग बिहे गरेपछि त उहाँ ब्राह्मण हुनु पर्ने हो नि, कसरी जनजाति हुनुभयो?’  माओवादीकी यशोदा गुरुङ समानुपातिक सांसदको बन्दसूचीमा छिन्।

    उनी पनि जनजाति कोटाबाट सांसद बन्ने उच्च सम्भावना रहेको छ। जन्मथर सुवेदी भए पनि यशोदा माओवादी नेता देव गुरुङकी पत्नी भएपछि जनजाति कहलिएकी हन्। जन्मथर शाक्य भएका कारण सुजिता जनजाति नेतृको सूचीमा परिन् भने सुवेदी जन्मथर रहकी देव गुरुङकी पत्नी यशोदा कसरी जनजाती त ? दलहरुले सांसदका लागि गरेको यस्ताखाले सिफारिले यो प्रश्नको उत्तर जटिल बनेको छ।

    एमाले नेत्र सुजिता र माओवादी नेतृ यशोदा मात्रै हैनन् यस्ता अन्य महिला नेतृ पनि यसैगरी प्रतिनिधिसभा सदस्यमा जनजाति बनेर प्रवेश गर्दैछन्।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…