• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आज भएको खेलमा देबिगञ्ज फुटबल टिमलाई २—० गोल अन्तरले पराजित गर्दै टेन नवोदय क्लव बिजयी भएको छ ।

    खेल सुरु भएको १४ मिनेटमा टेन नवोदयका खेलाडि सेनेहाङ लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हापको अन्तिम समयमा नवोदयका लागि घनश्याम चौहान अर्को गोल थपेका थिए । खेलको म्यान अफदी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए । खेल जितेसँगै नवोदयले लिगको लागि ३ अंक प्राप्त गरेको छ ।

    खेल हेर्न १० नम्बर वडा अध्यक्ष सागर राई र २ का अध्यक्ष यमप्रसाद गुरागाई लगायतका जनप्रतिनिधिहरु पथरी रंगशालामा आएका थिए । क्षेत्रगत हिसावले १० नवोदाय राईको र देविगञ्ज २ नम्बर वडामा पर्दछ । क्षेत्रगत हिसावले वडा अध्यक्षहरु फरक फरक टिमका समर्थक देखिन्थे ।

    भोली आइतबारको खेल दि रियल ब्रदर्श र वाइ.जी.एफ.टीबीच प्रतिष्पर्धा हुने आयोजक समितिको संयोजक संजिव गिरीले बताए ।

    लिग कम नकआउटको आधारमा हुने खेलमा यस अघि हेरिका न्युस्टारलाई पाराजित गर्दै सिरिजङ्गा फुटबल क्लबले ३ अंक लिएको छ । हिमाअस र शिखर फुटबल क्लबले बराबरी खेल्दै एक एक अंक लिएका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…