•   राजेन्द्र महतो
    लहान मंसिर २९ गते।सिरहाको धनगदीमाई नगरपालिका-१४ गागन बाट सिरहा प्रहरी ले शनिबार करीब ४ हजार गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन।
    विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टी सिरहाबाट खटिएको गस्ती टोलि ले सिरहाको धनगढीमाई नगरपालिका-१४ गागन स्थित खेतबारी मा लगाएको अन्दाजी ८ कठ्ठा जग्गामा करीब ४ हजार गाँजा को बोटहरु फडानी गरी स्थानीय बासीको रहोवर मा प्रहरी ले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पजियारका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) पजियारले बताएका छ्न।
    नेपालमा एक किलो गाँजा १हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ।
    नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि
    नै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

सम्वन्धित समाचार

उर्लाबारीको राजनीतिक र सामाजिक क्षेत्र लगायतमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानी…

काठमाडौं, ९ पुस टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्…

झापा ५ माघ झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोज…

काठमाडाैं, ३ माघ हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थ…