राजेन्द्र महतो
लहान पुस १२ गते।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाको ११ औं सधारण सभा शनिबार सिरहाको एतिहासिक धरोहर लहान -२२ स्थित सलहेश फुलबारी  मा सम्पन्न भएको छ । 
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवको प्रमुख आथित्यता र  महासँघ सिरहा शाखाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षता मा  जिल्ला शाखाको ११ औं  साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन  पारित गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, सिरहाले 
 स्व.गणेश मन्डल  समाजिक रुपान्तरण पुरस्कार  र उमेश कायस्थ निर्भिक पुरस्कार ११ औ  साधारण सभामा दुइ पत्रकारलाई प्रदान गरेको छ । 
२ हजार १ सय रासी रहेको उक्त  पत्रकारीता पुस्कार
जिल्लालाई कार्यक्षेत्र बनाई समाजिक रुपान्तरणको क्षेत्रमा कुरिति,बिसँगति बिरुद्ध योगदान पुरयाउने पत्रकार रोहित मण्डल र पत्रकार महासघ सिरहा का कोशाध्यक्ष तथा  डि एम खबर का संचालक  मनोज बनैता यादवलाई प्रदान  गरिएको छ ।
 साधारण सभामा सहभागी सम्पुर्ण  पत्रकारहरुलाई पत्रकार  महासङ्घ सिरहा शाखा का सभापति  दिनेशवर प्रसाद गुप्ताले  स्वास्थ्य सामग्री  मास्क र सेनिटाइजर वितरण गरे । 
जिल्ला भरिकै पत्रकारहरुको उपस्थिती रहेको सो सधारण सभामा बिभिन्न मिडिया तथा पत्रकार महासंघको पदाधिकारिहरुले मन्तवय राखेका थिए ।
मन्तवयको क्रममा नेपाल पत्रकार महासँघका  केन्द्रिय सदस्य देव कुमार यादवले बर्तमान सरकारले गरेको असबैधानिक कदम   बाट सबिधान र सबैधानिक मुल्यमान्यता र त्यसको मर्मलाई बचाई राख्न पत्रकारिता बाहेक अनाबश्यक कुनै पार्टि बिशेष र नेता ब्यक्ति बिशेषको कारिता, ओलिकारिता,दहालकारिता देउवाकारिता र यादव कारितामा नलाग्न पत्रकारिताको मर्म रहेको बताए ।
त्यसतै पत्रकार महा सँघको पुर्व केन्द्रिय सदस्य तथा रेडियो सल्हेश एफ.एम. को संचालक चन्द्रदेव कामतिले पत्रकारिताको एतिहासिक पृष्ठभुमिको बारेमा औंल्याउदै सिरहामा पत्रकारिताको थालनि र पत्रकारहरुको सुरक्षाको बिषयमा बताए ।
कार्यक्रममा महा सँघ सिरहा शाखाको सभापति तथा सभाध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले सिरहा जिल्लाको करिब सात वटा स्थानिय तहहरुमा महासँघको उपशाखाको लागि जग्गा उपल्बध भईसकेको र अझै धेरै ठाउँमा प्रकृयामा रहेको उदघोष गर्दै जिल्लाको हरेक स्थानिय तहहरुमा मिडिया संस्थागत हुनुपर्ने  बताए ।सभापति गुप्ताले  महासँघको भवनको लागि लहान नगरपालिकामा पनि नगरपालिकाले जग्गा उपलब्ध गराइदिने कुरोको छिनो लागिरहदा त्यस तह स्थित गलत केहि पत्रकार तत्वले यसलाई ओझेलमा पारेको बताउदै त्यसता तत्वलाई महासँघले तह लगाउने बताए । सभापति  गुप्ताले  महाँसघ संस्थागत नहुन्जेल पत्रकार र पत्रकारिताको बिकास नहुने बताएका छ्न।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        