• झापा, २९ माघ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत पार्टीको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै जना हुने बताएका छन् ।
    प्रेस सेन्टर झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले दुई अध्यक्षीय मोडलबाट पार्टी एकता हुने बताए । उनले आज बिहान बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुई अध्यक्ष मोडल (सह अध्यक्षीय प्रणली)मा जाने सहमति भएको खुलासा गरे । उनले भने ‘पार्टी एकता हुन्छ, बाहिर मिडियामा प्रचार भए जस्तो सत्य होइन ।’
    पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले सहमतिको प्रक्रियाबाट कोहि भाग्न नसक्ने बताए । ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्’ उनले भने, ‘२ गते बस्ने संयोजन समितिको बैठकले पार्टी एकताको मोडालिटी तय गर्छ ।’ ‘सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ’ शर्माले भने, ‘पार्टीमा को कार्यकारी हुने भन्ने कुरा कार्य विभाजनबाट तय हुन्छ ।’
    नेता शर्माले एमाले झापा संघर्षबाट र माओवादी जनयुद्धको धारबाट आएको उल्लेख गरे । उनले संविधान निर्माणपछि दुवै दलको एजेण्डा आर्थिक सम्वृद्धि भएको बताए । ‘अब सिद्धान्तका बिषयमा धेरै बहस आवश्यक छैन, सम्वृद्धि मुख्य एजेण्डा हो’ उनले भने, ‘जवज र माओवाद दुईको संश्लेषण हुन्छ

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…