• २०७४ फागुन १


    नेकपा  माओवादी  केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषय बुधबारसम्म टुङ्गो लाग्ने बताएका छन्।

    चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताएका हुन्। पद बाँडफाँडका विषयमा पनि भोलिसम्म टुंगो लाग्ने विश्वास उनले व्यक्त गरे।

    भरतपुर महानगरपालिका-९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलो चाँडो आफू प्रधानमन्त्री बन्ने बताए।

    चितवनबाट फर्किएपछि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेका छन्। ललितपुर मानभवनस्थित एक व्यापारीको घरमा दुई अध्यक्षबीच झन्डै आधा घन्टा भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ।

    माओवादी नेता  नारायणकाजी श्रेष्ठले आजको बैठकमा दुई अध्यक्षबीच  हिजो भएकै सहमतिमा थप छलफल भएको बताए। ‘बुधबार एकता संयोजन समितिको बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने कुरा भएको छ,’ संयोजन समितिका सदस्यसमेत रहेका नेता श्रेष्ठले भने। उनका अनुसार समितिको बैठक भोलि २ बजेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…