• लिङ्गमा उत्तेजनाको कमी हुनुलाई नै नपुंसकता भनिन्छ । पुरुषको लिङ्गमा उत्तेजना विचारबाट  आउने र साथै स्पर्मबाट पनि आउने गर्छ ।धेरैजसो मानिसले जानी-नजानी यस्ता केहि गल्तीहरु गर्ने गर्छन । जून उनीहरूकोको दाम्पत्य जीवनका लागि निकै घातक सावित हुन सक्छ । यहाँ सम्म कि यसले तपाईलाई नपुंसक पनि बनाउने सम्भावना बढी हुन्छ । यसकारण यी कुन-कुन बानी हुन्, जसले तपाईलाई नपुंसक बनाउन सक्छ जानी राखौँ ।

    (१) तातो पानीले नुहाउदा शरीरलाई आराम मिल्ने गर्छ तर यसले पुरुषत्वको लागि घातक हुन्छ किनभने टेस्टिकल्सको तापक्रम बढ्छ । यसकारण स्पर्म काउन्ट पनि घट्छ ।

    (२) सोयाबाट बनेको कुनै पनि चीज तपाईको लागि ठिक हुँदैन । यसमा ईसोफ्लोवोन्स् हुन्छ, जसले स्पर्म गुणलाई खराब गर्छ ।

    (३) मोबाइल र ल्यापटपबाट निस्कने रेडिएशनको पनि स्पर्म काउन्टमा खराब असर पर्छ । खासगरेर ल्यापटपलाई काखमा राखेर काम गर्नु ।

    (४) अल्कोहलको सेवनले टेस्टासटेरोन्सको मात्रा कम हुन्छ ।  धेरैजसो पुरुषको पुरुषत्व घट्नुको कारण पनि अल्कोहल हो ।  यसकारण यसको सेवन गर्न बाट बँच्नुहोस् ।

    (५) धुम्रपानको सेवनले पनि नपुंसकता तर्फ लैजाने गर्दछ । यसले स्पर्म काउन्ट कम गर्नुको साथै यसले सधैँको लागि नपुंसक बनाउन सक्छ ।

    (६) अध्ययनको समय टिभी हेर्नुहुन्छ भने यो बानी त्याग्नु नै उचित मानिन्छ । यसले मोटोपन बढाउने र मोटोपनको कारणले स्पर्म काउन्ट पनि घट्ने हुन्छ । अध्ययनको अनुसार जून मानिस टिभी हेर्नुको साटो नियमित रूपमा एक्सरसाइज गर्छन उनीहरुको पुरुषत्व बढ्छ ।

सम्वन्धित समाचार

 अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडा अहिले भारतमा छिन् । नायिका आफ्नी छोरी मालतीसँग मुम्बई …

 बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् । मंगलबार साँझ अ…

धान दिवसमा निरुता छेत्रीको सेक्सी पोज

मोडल: सोनी गर्बुजा पुन