• २०७४ फागुन २


    सुर्खेत, २ फागुन – नेकपा एमालेले केन्द्रमा भएको सहमति विपरित प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा लफडा झिकेको छ उसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने सर्त तर्साएको हो ।  एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ तथा ६ र ७ माओवादीले लिने यसअघि भएको भद्र सहमति तोड्दै यस्तो प्रस्ताव गरेको हो ।

    एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसामू तीनबुँदे प्रस्ताव राखेका छन्  उनले मुख्यमन्त्रीमाआलोपालो, मन्त्रीमण्डलको आकार र मन्त्रालय भागवण्डाबारे माओवादीको धारणा मागेका हुन् ।

    कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने बताए  उनले भने, ‘केन्द्रको निर्णयको सम्मान गर्दै पहिला उहाँ(महेन्द्रबहादुर शाही) लाई हुनु भनेका छौं । तर, पुरै छाड्न सक्ने अवस्था छैन ।’

    ४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ  प्रदेशसभामा माओवादीका १३ सांसद छन् ।

    एमाले प्रदेश कमिटीले मुख्यमन्त्री माओवादीलाई नदिन नेतृत्वलाई यसअघि नै दबाव दिएको थियो  तर, नेतृत्वले नेताहरुको व्यवस्थापन र पार्टी एकताको भावनालाई आत्मसाथ गर्दै मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरेको थियो ।

    माओवादीले भने एमालेको उक्त माग आफूहरु पूरा गर्न नदिने भएको छ  प्रदेशसभा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आलोपालोको माग आफ्नो तहबाट पूरा नहुने बताए । उनले केन्द्रबाट भएको निर्णय केन्द्रले नै मिलाउने भएकाले आफू केही गर्न नसक्ने बताए ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…