• पान्थर जिल्लाको प्रतिनिधित्व गर्दै पछिल्लो समयमा निक्कै चर्चामा रहनु भएकी   नव उदियमान गाइका दिपा सुहाङ सङ्ग रातोकलम अनलाइनले अहिलेको समसामयिक बिषयमा कुराकानी गरेको जस्ताको तस्तै,,,

    तपाईको पुरा परिचय ?

    दिपा सुहाङ -पान्थर हिलिहांग गाउपलिका

    सांगीतिक व्यस्तता कस्तो रहेको छ ?

    धेरै ब्यस्त त छैन तर धेर थोर कामहरु चाहि गरि नै रहेकी छु

    गीतसंगीतमा लागेको कति भयो ?

    लगभग ३ बर्ष जति हुन लाग्यो

    स्रोताबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

    दर्सक, श्रोताहरुले धेरै राम्रो प्रतिक्रियाहरु दिईरहनु भएकोछ,
    एकदम खुसी लागिरहेकोछ,म जस्तो नया कलाकार लाई माया गरिदिनु भएकोमा एकदम खुसी छु

    एल्बमका गीत प्रमोसनको लागि म्यूजिक भिडीयो अनिवार्य बन्दै गएको छ नि हो?

    यस्तो हुन्छ भिडियो बनाउन जरुर त हुन्छ नै अहिले सुन्ने भन्दा हेर्ने जमाना छ समय अनुसार चल्नु सिक्नु पर्छ तर राम्रो गित मन छुने गित हरु लिरिकल भिडियो अथवा शब्द सङ्ग अपलोड गरिएको भिडियो हरु पनि चलिराको देख्न सकिन्छ अहिले को अवस्था मा तर हरेक गित को भिडियो बनाउन चाहिँ जरुर नै देखिन्छ किन भने हरेक गित को आफ्नै कथा हुन्छ त्यस कारण भिडियो जरुर नै देख्छु।

    कतिओटा गितको म्युजिक भिडीयो बनाउनु भयो ?

    अहिले सम्म दुईवटा बाकि बन्ने प्रक्रियामा छ

    गायन क्षेत्रमा कतिको सन्तुष्ट हुनुहुन्छ ?

    एकदम सन्तुष्टछु किनकी मैले एउटा लक्ष्य लिएर अघि बढिरहेको छु सन्तुष्ट नहुने त कुरै भएन नि, अहिले म संगीत क्षेत्रमा धेरै नै संघर्ष गरिरहेकी छु भोलिको दिन सफलता हासिल गर्न सक्छु भन्ने अठोट लिएर अघि बढिरहेकी छु त्यसैले गर्दा सन्तुष्ट नै छु

    गीतसंगीत भनेको के रहेछ त,समग्रमा ?

    गित सङ्गीत भनेको एउटा हरेक प्राणीको मन मस्तिष्क मा गुन्जिरहेको ध्वनि लाई नै गित संगीत भनिन्छ किनकी गित संगीत बिन आज सम्म कोहि पनि मानिस बाच्न सकेको छैन जस्तो लाग्छ गित संगीत बिना मानिस १००% अधुरो नै रहन्छौ किन कि एउटा पन्छी ले त गित गुनगुनाई रहेको हुन्छ भने हामि त मानिस हौ र गित संगीत नसुन्ने ब्यक्ति सायदै कम हुन सक्छ

    गीतसंगीत तिर कसरी आकर्षित हुनुभयो ?

    विशेष गरि गित संगीतमा आकर्षित कसरी भए भन्दा मेरो बच्चै देखिको सपनापनि थियो गायिका बन्ने र धेरै जसो एफ एम सुन्ने गर्थे मेरो सम्मनित अग्रज कलाकार हरु को अर्तर्वाता सुन्थे र म पनि गायिका बन्छु भनेर अझै हौसला मिल्न थाल्यो त्यसै कारण मेरो लक्ष्य पूरा गर्नु पर्छ भन्ने सोच लिएर अघि बढिराको छु

    गीतसंगीतमा लागेकोमा कहिले काहि पछुतो लाग्दैन ?

    ओहो किन पछुतो लाग्ने र मेरो लक्ष्य नै एउटा सफल गायिका बन्ने अनि समाज सेवा गर्ने हो मैले गित संगीत मा लागेर धेरै राम्रो कुरा हरु सिक्ने अवसर पाए एकदम खुसी छु

    तपाईलाई कस्ता गीतहरु मनपर्छ ?

    मलाई धेरै जसो सेन्टिमेन्टल, ट्रयाजिटी,लभ सङ,लगायत सबै नै मन पर्छ सबै गित सुन्छु राम्रो लाग्छ।

    गीतसंगीतले बाँच्न सकिन्छ त ?

    म भन्छु गित संगीत ले बाच्न सकिन्छ तर यहाँ धेरै कुरा हरु हुन्छ्न आफू ले गित संगीत लाई कुन दर्जा मा राख्ने त?उदाहरण को लागि म एउटा गायिका बन्न खोज्दैछु भने मैले संगीत लाई कुन दृस्ठिकोण ले हेर्ने कुन दर्जा मा राख्ने त भन्दा मैले संगीत मै लागेर के हि गर्नु पर्छ म भोलि को एउटा सफल गायिका हो र बन्न चाहान्छु भन्ने मेरो सोच छ भने म अवस्य संगीत मा बाच्न सक्छु र अर्को कुरा मेरो लागि गित संगीत एसो टाईम पास हो मेरो रहर ले आको भनेर अगाडि बड्यो भने संगीत मा बाच्न सकिँदैन मेरो बिचार मा मैले 100% संगीत लाई अङ्गालेर अघि बढे भने 100% नै एक दिन सफलता पाउछु भन्ने आशा छ तर मेरो बिचार र भोगाई अनुसार सफलता हासिल गर्न लाई मेहेनत, लगनशीलता र धेर्यता फेरि 100% नै हुनु पर्छ

    गीतसंगीत बाहेक अन्य के मा रुचि छ ?

    गित संगीत बाहेक समाज सेवा गर्न ठुलो /धेरै मन छ

    गायन क्षेत्रमा नआउनुभएको भए के बन्नुहुन्थियो होला ?

    म किसानी😂😂

    साँगीतिक क्षेत्रमा खास समस्या के रहेछ ?

    समस्या त धेरै नै हुन्छ्न तर समाधान कसरी गर्न सक्नु पर्छ हरेक समस्या हुन्छन नि,

    नयाँ पिडीलाई के सुझाब दिनुहुन्छ ?

    नया पिडि लाई त के भन्नू र म आफै नया छु तर मैले बुझे अनुसार मेरो भोगाई अनुसार आउदै हुनुहुन्छ गर्दै हुनुहुन्छ तर एक शब्द मात्रै भन्छु सिकेर आउनु होला ,

    कन्सर्टको लागि अफर कत्तिको आउछ ?

    आईराको छ देश बाहिर देश भित्र बाट अस्ति भर्खरै कतार को किराँत याक्थुङ चुम्लुङ ले लिम्बू हरु को महान चाड चासोक तङ्नाम मा निमन्त्रणा गर्नु भो धेरै खुसी छु मेरो पहिलो बिदेश यात्रा हो अझै पनि आइराको छ

    हाल सम्म कहाँ कहाँ गीत गाउन पुग्नुभएको छ ?

    खासै धेरै ठाउँ त गाको छैन सिक्ने क्रम जारी छ त्यसैले अहिले सम्म त्यै हो बिदेश को यात्रा पहिलो पटक कतार गए अनि ताप्लेजुङ ,दोलखा ,संखुवासभा तेस्तै 4/5 वटा जिल्ला गाको छु

    अन्त्यमा दर्सक श्रोतालाई केहि भन्नु छ?

    समय दिनुभएकोमा  रातोकलम टिमलाई धन्यवाद दिन चाहान्छु ,
    स्रोता दर्शकको मायाले नै यहाँ सम्म आइपुगेकी छु र  अब आउने मेरो एल्बमलाई यसैगरी मनपराई दिनुहुन्छ भन्ने आशा ब्यक्त गर्दछु

     

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…