• काठमाडौं । पार्टी एकतालाई टुंगोमा पुर्याउन एमाले र माओवादी अध्यक्षको अन्तिम रस्साकस्सी चलिरहेको छ । बुधबार दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता पछि एमालेको स्थायी कमिटी बैठक बस्ने तयारी भैरहेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक पनि डाँकेका छन् ।

    एमाले नेता वामदेव गौतमले अहिले नै सहमतिका विषय ‘डिस्क्लोज’ गर्न नमिल्ने बताए । ‘अहिले नै सहमतिका विषयहरू उल्लेख गर्न मिल्दैन,’ गौतमले रातोकलमसँग भने ‘सहमति भैसकेको छ, एकता रोकिदैन, व्यवहारिक र सैद्धान्तिक पक्षहरू मिलाउँदै जानेछौं ।’

    आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताउँदै गौतमले दुबै पार्टीका आन्तरिक बैठकहरू र संयुक्त बैठक बसेर सबै विषय टुंगो लगाउने बताए ।

    ललितपुरको मानभवनस्थित एक घरमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठक भएको छ ।

    अहिलेसम्म दुई अध्यक्षको मात्रै बैठक हुँदै आएको मानभवनस्थित प्रचण्ड निकटका ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा एमाले पार्टीकै बैठक पनि बस्ने भएको छ । पार्टी बैठकबाट एकमत बनाउन र पार्टी एकतालाई अन्तिम टुंगो लगाउन छिटो होस् भनेर एमालेको बैठक नै मानभवनमा डाँकिएको एमाले नेताले जानकारी दिए ।

    माओवादीका नेतहरू पनि मानभवनमा आन्तरिक छलफलका लागि पुग्ने बताइएको छ । पार्टी एकता संयोजन बैठक पनि यही घरमा हुने भएकोले सर्वाधिक चासो र ध्यान मानभवनमा खिचिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…