• २०७४ फागुन ०२ बुधवार By:ratokalam

    मोरङ—एक नम्बर प्रदेशमा अर्थ वा गृह मन्त्रालय नदिए नेकपा (माओवादी केन्द्र) सरकारमा नजाने एक्त पार्टीले जनाएको छ । प्रदेशमा एमालेले मुख्यमन्त्री, सभामुख र उपसभामा माओवादीले पाउने सहमति अनुसार भएको थियो । सोही अनुसार एमालेको तर्फबाट मुख्यमन्त्रीमा शेरधन राई र सभामुखमा प्रदिपकुमार भण्डारी चयन भएका छन ।

    माओवादी केन्द्रका सरस्वति पोख्रेल (सारदा)को मनोनयन दर्ता भएको छ । भोली निर्वाचनहुदै छ । प्रदेश प्रमुखले भोली मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको सफत ग्रहन गराउने कार्यक्रम रहेको छ । भोलीनै सानो आकारको मन्त्रीपरिषद गठनहुने बताइएको छ । यद्यपि मन्त्रालय बाँडफाडमा एमाले र माओवादी केन्द्रको कुरा मिलिसकेको छैन् ।

    मन्त्रालय गठनको सन्दर्भलाई लिएर आज बिराटनगरमा एमालेका शेरधन राई, जीवन घिमिरे, माओवादी केन्द्रको तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङ र सरकारको नेतृत्व गर्न पार्टीले निर्णय गरिसकेको ईन्द्र आङ्बो लिम्बूबीच छलफल भएको थियो ।

    छलफलमा एमालेले गृह र अर्थ दुबै मन्त्रालय माओवादी केन्द्रलाई नदिने भनेपछि मन्त्रीपरिषद गठनमा समस्या पैदा भएको छ । प्रदेश संसद तथा मोरङ जिल्ला ईन्चार्ज समेत रहेका पार्टी पोलिटब्युरो सदस्य कुलप्रसाद साम्बाले गृह र अर्थ मन्त्रालय मध्ये एउटा नदिए पार्टी सरकारमा नजाने बताए । सरकार गठनमा ७०÷३० प्रतिशतहुने दुबै पार्टीको केन्द्रमै सहमति भइसकेको छ । एक नम्बर प्रदेशमा ९३ सभासदस्य मध्ये एमालेको एमालेको ५१, माओवादीको १५, कांग्रेसको २१ समाजवादी फोरमको ३, संघीय लोकतान्त्रिक मञ्च, राप्रपा र स्वतन्त्तको १—१ सदस्य रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…