• २०७४ फाल्गुन ३

    काठमाडौं : नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा अोलीको नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ।

    प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरे पनि माओवादी तत्काल सरकारमा सहभागी नहुने जनाएको हो।

    पार्टी एकताका लागि वार्तामा रहेका यी दुई दलबीच कुरा नमिलेका कारण माओवादीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    उनले माओवादी तत्काल सरकारमा नजाने बताए। उनले भने, 'अाज पार्टी एकता स‌ंयाेजन समितिको बैठक बस्छ। त्यसपछि सरकारमा जाने नजानेबारेमा निर्णय लिन्छाैँ।

    ' तर, अोली नेतृत्वको सरकारलाई समर्थन भने गर्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी दिए। उनले भने,‘अब बन्ने सरकारलाई हामी समर्थन गर्छौँ तर अहिले हामी सरकारमा जाँदैनौँ।

    ’ बुधबार राति अबेरसम्म बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक निष्कर्षमा नपुगेकाले तत्काल सरकारमा नजाने निर्णय गरेको थापाले जानकारी दिए। पार्टीको सैद्धान्तिक बहस नमिलेका कारण आफूहरू तत्काल सरकारमा नजाने थापाले बताए।

    ‘एमालेले जनताको बहुदलीय जनवाद छाड्न मान्दैन। उनीहरूले नमाने पछि हामीले पनि २१औँ शताब्दीको जनवाद र माओवाद छाड्न मानेनौँ’, उनले भने,‘त्यसैले तत्काल एकता नहोलाजस्तो भयो।

    हामीले सरकारलाई समर्थन गरे पनि सरकारमा भने सहभागी नहुने केन्द्रीय कार्यालय सदस्यको बैठकले निर्णय गरेको छ।

    ’ बुधबार बसेको एकता संयोजन समितिको बैठकमा सैद्धान्तिक विषयमा मतभेद देखिएको थियो। त्यसकारण पार्टी एकता पनि ढिलाइ हुने देखिएको छ। ओवादीका शीर्ष नेताको बैठकमा एमालेले माओवादीको कार्यदिशा स्वीकार नगरेको विषयमा पछि छलफल भएको माओवादी केन्द्रले जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक प्रकाशन भएको छ …

मोरङ । मोरङ पथरीशनिश्चरे नगर अस्पतालमा एक बर्षमा करिव १२ करोड आर्थिक संकलन भएको छ ।  पथरीशनिश्चरे …

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…