• काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् ।

    देशवासीको नाममा आज सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए ।

    प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई म बधाई एवं धन्यवाद ज्ञापन गर्दछु ।”

    नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा संविधानअनुसार तीनै तहका निर्वाचन सम्पन्न गराउने प्रमुख प्रतिबद्धताका साथ गत जेठ २३ गते नेकपा माओवादी केन्द्र लगायत दलको समर्थनमा चौथो पटक मुलुकको ४०औँ प्रधानमन्त्री बनेका हुन् । देशवासीका नाममा सम्बोधनपछि आजै उनले पदबाट राजीनामा दिएका छन् ।
    उनले भने, “मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रुपमा आमसहभागितामा निर्वाचन गराउने मेरा प्रतिबद्धता पूरा गरेको छु । संघीयता कार्यान्वयनका लागि नयाँ ऐनहरु, प्रशासनिक पुनःसंरचनाअनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु ।”

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…