• २०७४ फाल्गुन ३


    काठमाडौं । दुई दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई अबको दुुई महिना कसैले हल्लाउन सक्ने छैन ।

    ओलीले अबको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने छ ।

    यो अवधिमा विश्सास लिन नसकेमा राष्ट्रपतिले धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।

    त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि संसदमा ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।

    यो अवस्था आएमा ओलीलाई चुनौती दिने अर्को कोही हुने छैन । कारण संसदमा एमाले सबैभन्दा ठूलो दल छ र यो दलको संसदीय दलको नेता केपी ओली नै ।

    यो ३० दिनभित्र विश्वासको मत लिन नसकेमा भने प्रधानमन्त्री नियुक्तिको विषयले नयाँ कोर्ष लिनेछ ।

    यसको अर्थ संघीय संसदको अर्को कुनै दलको सदस्यले मौका पाउनेछन् ।

    र यो प्रक्रिया पनि फेल खाएमा भने तत्कालिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै ६ महिनाभित्र चुनाव गरिनेछ  ।

    काँग्रेस सभापति शेरबहादर देउवाले बालुवाटारमा राजीनामा पत्र तयार पार्न पाउँदा नपाउँदै, नयाँ प्रधानमन्त्रीको नियुक्ति पत्र थाप्न शितल निवास पुगिसकेका थिए ।

    बालुवाटारबाट टेलिभिजन मार्फत राजीनामा घोषणा गरेर देउवा शितल निवास पुुग्दा ओली समूह त्यहीँ थियो ।

    देउवाको राजीनामा पत्र हात पर्नासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले रेडिमेड नियुक्ति पत्र ओलीलाई थमाइदिइन् ।

    त्यही हतारोको एउटा लतारो प्रमाण थियो, राष्ट्रपति कार्यालयले शुरुमा एक वर्षअघिको मिति राखेर ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ती दिनु ।

    नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ मा, प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    त्यसैले दलको संसदीय दलको नेता समेत नबनीकन ओलीले प्रधानमन्त्रीको नियुक्तिपत्र बुझे ।

    नियुक्ति पत्र गोजीमा हालेको केहीघण्टा पछि मात्र ओली एमाले संसदीय दलको नेतामा चयन भए ।

    बाहिर देख्दा एमालेभित्र संसदीय दलको नेताका लागि दावी गर्ने कुनै उम्मेदवार थिएनन्। प्रधानमन्त्री नियुक्त नै भएपछि अरुले हिम्मत गर्ने सवाल पनि सकियो ।

    ओलीलाई प्रधानमन्त्री बन्न मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीलाई पनि वेभसाइटमा प्रधानमन्त्रीको नाम फेर्न हतारो देखियो । ओलीले सपथ खानु ५ घण्टाअघि नै ओलीलाई सम्माननीय प्रधानमन्त्री भनेर राख्यो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…