• २०७४ फाल्गुन ४


    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतालाई निश्कर्षमा पुर्‍याउन शुक्रबार आज बिहानैदेखि छलफलको तयारी गरेका छन्।

    दुबै पार्टीका अध्यक्षबीच एक्लाएक्लै छलफल हुने भएको छ। शुक्रबार बिहानैदेखि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी गराए।

    ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरिसकेको माओवादीले पार्टी एकता नटुंगिएसम्म सरकारमा नजाने भनेपछि एकता प्रक्रिया टुंग्याउन दुबै दलका शीर्ष नेता जुट्न लागेका हुन्।

    पद बाँडफाँडका साथै सैद्धान्तिक र राजनीतिक विषमा अझै पनि दुई दलबीच कुरा टुंगिएको छैन माओवादी नेताहरुले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको बताइरहेका छन्।

    एमाले नेताहरुले भने एउटै पार्टी भएपछि प्रधानमन्त्रीमा आलोपालो हुन नसक्ने तर ओली र प्रचण्ड दुबै पार्टीको कार्यकारी अध्यक्ष बन्नेगरी सहमति नजिक पुगिएको दाबी गरेका छन्।

    राजनीतिक र वैचारिक विषय टुंगो लगाउनका लागि कार्यदललाई जिम्मा दिने तयारी दुई नेताको छ।

    दुई नेताबीच एक्ला एक्लै छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रियालाई औपचारिक रुपमा टुंगोमा पुर्‍याउने नेता नेम्वाङले बताए।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…