• २०७४ फाल्गुन ४


    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतालाई निश्कर्षमा पुर्‍याउन शुक्रबार आज बिहानैदेखि छलफलको तयारी गरेका छन्।

    दुबै पार्टीका अध्यक्षबीच एक्लाएक्लै छलफल हुने भएको छ। शुक्रबार बिहानैदेखि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी गराए।

    ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरिसकेको माओवादीले पार्टी एकता नटुंगिएसम्म सरकारमा नजाने भनेपछि एकता प्रक्रिया टुंग्याउन दुबै दलका शीर्ष नेता जुट्न लागेका हुन्।

    पद बाँडफाँडका साथै सैद्धान्तिक र राजनीतिक विषमा अझै पनि दुई दलबीच कुरा टुंगिएको छैन माओवादी नेताहरुले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको बताइरहेका छन्।

    एमाले नेताहरुले भने एउटै पार्टी भएपछि प्रधानमन्त्रीमा आलोपालो हुन नसक्ने तर ओली र प्रचण्ड दुबै पार्टीको कार्यकारी अध्यक्ष बन्नेगरी सहमति नजिक पुगिएको दाबी गरेका छन्।

    राजनीतिक र वैचारिक विषय टुंगो लगाउनका लागि कार्यदललाई जिम्मा दिने तयारी दुई नेताको छ।

    दुई नेताबीच एक्ला एक्लै छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रियालाई औपचारिक रुपमा टुंगोमा पुर्‍याउने नेता नेम्वाङले बताए।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…