• काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्दै सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताए।

    “सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ,” उनले भने, “तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि बिभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं। अहिले सकारात्मक छलफल शुरु भएको छ।”
    पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै अध्यक्ष प्रचण्डले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताए।

    वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। “बिभिन्न समयमा भाषणमा शिक्षा क्षेत्रको कुरा निकै उठ्यो”, अध्यक्षले भने, “तर अहिलेसम्म यो क्षेत्र उपेक्षित नै छ। २० प्रतिशत बजेट अझै पुर्याउन सकिएको छैन।”

    ‘हिजोका कमजोर सरकारले गर्न नसकेका काम हामी गर्न चाहन्छौं,’ उनले भने, ‘सम्मेलनबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने कामको निचोड र सुझाव सुत्रवद्ध रुपमा प्रस्तुत गर्नुहोला। सुझावलाई पार्टी र सरकारका तर्फबाट गुणात्मक रुपमा सम्बोधन गर्छाै।’ वाम गठबन्धनको झण्डै दुईतिहाई बहुमत आएको बताउँदै प्रचण्डले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाउने काम वाम गठबन्धनको सरकारले गर्ने बताए।

    ‘जनताको चाहना अनुसारको शिक्षा दिन अनुसन्धानका कार्यक्रम गर्न बजेट छुट्याउनुपर्छ,’ उनले भने, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ।’ व्यवसायिक हित र समुदायको समृद्धिका शिक्षा आवश्यक पर्ने बताउँदै प्रचण्डले स्थायित्व र समृद्धिको यात्रा शिक्षा क्षेत्रबाटै सुरु गरिने बताए। ‘शिक्षकका समस्या समाधान र शिक्षामा रहेको बेलगाम नीजिकरणको अवस्थालाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउने छ,’ उनले भने।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…