• काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले माओवादी केन्द्र र नेकपा (एमाले) बीचको एकताका प्राविधिक पाटो सकिए पनि वैचारिक विषय टुङ्गो लगाउने काम बाँकी रहेको बताएका छन्।

    कूटनीतिक अध्ययन संस्था नेपालले शुक्रबार आयोजना गरेको ‘नेपालको कूटनीतिक र कूटनीतिक शास्त्र’बारे अन्तक्र्रिया उहाँले पार्टी एकता अन्तिम चरणमा रहेकोस्पष्ट पारे। एकताका क्रममा पार्टीले अँंगाल्दै आएको वैचारिक पाटो महत्वपूर्ण हुन्छ भन्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महराले भने, “प्राविधिक समस्या छैन, वैचारिक विषयमा टुङ्गो लागेको छैन, यो महत्वपूर्ण विषय हो।”

    दुई पार्टीले अँगाल्दै आएका वैचारिक धरातलबाट माथि उठेर मात्र एकता हुने स्पष्ट पार्दै उनले भने, “हामीले माओवाद नछाड्ने, एमालेले जनताको बहुदलीय जनवाद नछाड्ने अवस्थामा पार्टी एकता हुँदैन। एकले अर्कालाई खाने अवस्थामा एकता हुन्न, निषेधको अवस्थाबाट माथि उठ्नुपर्छ।”

    छिमेकसँग सन्तुलित सम्बन्ध
    जनताको तहमा एमाले र माओवादी छुट्टै नभई एकै कम्युनिष्ट पार्टी रहेको तर नेतृत्वमा समस्या देखिएको उल्लेख गर्दै उनले दुवै पार्टीले विद्यमान आधारबाट माथि उठेर एकता गर्ने बताए। मुलुकको हितलाई ध्यान दिएर दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न सके मात्र नेपालको कूटनीति सफल हुने पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री महराको भनाइ छ।

    कार्यक्रममा प्रा डा गोपाल शिवाकोटीद्वारा लिखित ‘कूटनीतिशास्त्र’ नामक पुस्तक विमोचन गरिएको थियो। कृतिमा कूटनीतिक अवधारणाको विकास एवं पछिल्लो समयमा भएको कूटनीतिक विकास र अभ्यासका विषय समेटिएको छ। पैरवी प्रकाशनले बजारमा ल्याएको पुस्तकको समीक्षा गर्दै प्रा राजकुमार पोखरेल र मातृका पौडेलले पुस्तक कूटनीतिक क्षेत्रका अध्येता एवं विद्यार्थीका लागि महत्वपूर्ण भएको बताए। लेखक प्रा डा शिवाकोटीले नेपालले अभ्यास गर्दै आएको कूटनीति तथा सिद्धान्तमा व्यावहारिक समस्या रहेकाले सुधारको आवश्यकता रहेको औँल्याए।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…