• इटहरी, ४ फागुन : प्रदेश नम्बर–१ का मुख्य मन्त्री शेरधन राईले अब देश राजनीतिक संक्रमणबाट मुक्त भई विकास र समृद्धिको बाटोमा लागेको बताउँदै यसका लागि सबै जना एकजुट हुनुपर्ने बताएका छन् ।

    मुख्य मन्त्रीको सपथपछि पहिलो पटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘विकास र समृद्धिको एजेन्डामा कसरी आफ्नो सहभागिता जनाउने ? कसरी उपयुक्त ढंगले आफ्नो योगदान मिसाउने,’ मुख्यमन्त्री राईले इटहरीमा आयोजित निजी विद्यालयका छाता संगठन प्याब्सनको प्रदेश नं. १ स्तरीय सम्मेलनलाई उद्घाटन गर्ने क्रममा भने, ‘अब कही–कतै अलमलमा नपरिकन समस्या पहिचान गरेर अघि बढ्ने बेला आएको छ ।’

    ‘अब कसैले अलमलमा पर्नुपर्ने, कुनै दुविधा राख्नुपर्ने कुनै त्यस्ता अनिश्चितका बाधकहरु कही–कतै छैनन् । त्यसकारण हिड्ने बाटो प्रस्ट छ । पुग्ने गन्त्ब्य प्रस्ट छ, ‘उनले थपे, ‘विकास–समृद्धिका लागि सहभागिता र योगदान कहाँ कसले कति गर्ने भन्ने मात्र बाँकी रह्यो ।’ उनले समस्याका खाड्लहरु पहिचान गरेर साथमा साथ मिलाएर विकास र समृद्धिको यात्रामा अघि बढनुपर्ने बताए ।

    ‘विकास र समृद्धिलाई ठोस रुपमा अघि बढाउनका निम्ति शैक्षिक क्षेत्रमा अब नेपाल सरकारले र प्रदेश सरकारले कस्ता नीतिहरुको साथमा प्रस्तुत हुनुपर्छ । कस्ता योजनाहरुका साथमा प्रस्तुत हुनुपर्छ । त्यसमा पनि योजना बनाएर अघि बढ्ने बेला आएको छ,’ उनले भने । ‘हिजो नेपाली राजनीति र नेपाली समाज असाध्यै अलमलको अवस्थामा थियो । विभिन्न गल्ली र गोरेटोमा अलमलमा परेको थियो । विभिन्न खालका मान्यताहरुसँगै विभिन्न धारमा विभाजित थियो,’ उनले भने, ‘अब नेपाली समाज र नेपाली राजनीति उचाईमा आइसकेको छ ।’ उनले अहिले समाजका सबै नागरिक बिशाल राजमार्गमा भेला भइसकेको जिकिर गदैं विकास–समृद्धिको यात्रामा अलमलमा पर्न नहुने बताए ।

    उनले संविधानको मर्म र भावना अनुसार निश्चिय पनि शिक्षामा परिवर्तन हुनुपर्ने बताए । ‘आजको युग र समयलाई सुहाउँदो अनि विकास र समृद्धि हासिल गर्नका निम्ति जनशक्ति तयार गर्न नयाँ शिक्षा नीति बनाउनुपर्छ,’ मुख्यमन्त्री राईले भने । उनले शिक्षा नीतिलाई ताजा र पाठ्यक्रमहरु परिवर्तन गरि व्यवसायिक र प्राविधिक क्षेत्रमा जोड दिनुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा समस्याहरु छन्, अब नीतिगत, कानुन र अन्य हिसावले कसरी सहज खाले वातावरण निर्माण गर्ने हो । त्यसका निम्ति लाग्नुपर्छ,’ उनले भने ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…