• विराटनगर । मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीका मागलाई सम्बोधन गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरुको संगठन बैंक तथा वित्तीय क्षेत्र कर्मचारी यूनियन ९द्यँभ्ग्ल्० ले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
    कर्मचारीहरुका हक, हित तथा सेवा सुविधा समेटेर गत असार ९ गते व्यवस्थापन समक्ष पेश गरेको २२ बुँदे ज्ञापन पत्रमा उल्लेखित मागहरु पुरा गराउन शुरु भएको आन्दोलन १९ गते रातिको वार्ता सहमतिमा पुगेपछि टुंगिएको हो । सोमबार राति सम्पन्न वार्तामा बैंकका प्रमुख कार्यकारी अधिकृत मणिकुमार अज्र्याल स्वयम छलफलमा बसेपछि मागहरू पुरा भएको कर्मचारी यूनियनका अध्यक्ष आजाद आलमले वताए ।


    यूनियनले आफ्ना मागहरु पुरा गराउनका लागि भदौ १५ गते देखि बैंकका इलाका स्तरका कार्यालयहरुमा तालावन्दी गरेर शुरु गरेको थियो भने भदौ २१ गतेबाट शाखा÷उपशाखा कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रम तय भएको थियो । बैंकको समग्र वित्तीय अवस्थालाई मध्यनजर गर्दा कर्मचारी यूनियनले राखेका मागहरुका सम्बन्धमा भएको सहमति महत्वपूर्ण रहेको अध्यक्ष आलमको भनाई छ । तलवभत्ता तथा ग्रेड वृद्धि, कर्मचारी कल्याणकारी कोषको स्थापना, वार्षिक भत्ता वृद्धि लगायत अन्य कतिपय नीतिगत विषयहरुमा सम्झौता भएको उनले बताए ।



    नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्य गरिरहको नेरुडे लघुवित्त विकास बैक पूर्वाञ्चलमा केन्द्रीय कार्यालय रहेको पहिलो लघुवित्त बैंक हो । २०५७ सालमा ल्च्म्क्ऋ को नामबाट कारोवार शुरु गरेको यस बैंकले २०६३ मा नेपाल राष्ट्र बैंकबाट लघुवित्त बैंकको इजाजतपत्र लिएको हो । हाल २५ जिल्लामा करीब ८० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट १ लाखभन्दा बढी सेवाग्राहीहरुलाई लघुवित्त सेवा प्रवाह गरिरहेको यस बैंकका ७ वटा इलाका कार्यालयहरु रहेका छन् भने शाखा÷उपशाखा कार्यालयहरु अझै विस्तारको क्रममा रहेका छन् । ३० करोड ६० लाख चुक्ता पूँजी रहेको बैंकमा करीव ५सय जना कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकको ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । बैंकले गत आवमा करिव १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने आव ०७२÷७३ मा करिव १३ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …