•  २०७४ फागुन ०५ शनिवार

    मोरङ संघीय लोकतान्त्तिक राष्ट्रिय मञ्च(लिम्बुवान)ले पहिचानवादी दलहरुलाई पार्टी एकताको लागि पुनः आह्वान गरेको छ । कुमार लिङ्देनको नेतृत्वमा रहेको मोर्चाको पहलमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि पनि एकताको पहल गरेको थियो ।

    त्यो बेला जनमुक्ति पार्टीले आफ्नो चुनाव चिह्न घर छाड्न नमानेपछि एकता नभएको हो । आफूलाई पहिचानवादी दाबी गर्दै आएको मञ्चले निर्वाचनमा हार बेहोर्नु परेपछि एकताका लागि फेरि आह्वान गरेको हो ।

    मञ्च सम्बद्ध संघीय लिम्बुवान राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले पहिचानवादी दलहरुको बृहत् एकताको विकल्प नरहेको बताएका छन् । पहिचानवादी दलहरु बृहत एकतापछि उठ्ने आन्दोलनले मात्र पहिचानमा आधारित नाम राख्न सकिने महासचिव चेम्जोङको भनाई छ ।

    तत्काल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजीक लोकतान्त्रिक पार्टी, संघीय ताम्सालिङ पार्टी, नेपा पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, खसन संयुक्त संघर्ष समिति लगायतको एकता गर्न सकिने महासचिव चेम्जोङले बताए ।

    उल्लेखित पार्टीहरुसँग एकताको लागि छलफल भइरहेको उनले बताए । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक÷समावेशी राज्य व्यवस्था चाहने पार्टीहरुको एकता अनिवार्य आवश्यकता रहेको महासचिव चेम्जोङको भनाइ छ । एकतापछि बन्ने नयाँ पार्टीको नाम संघीय पार्टी नेपाल रहने छलफल चल्दै आएको छ ।

     

     

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…