• २०७४ फागुन ०६ आइतवार

    काठमाडौँ — प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले गत बुधबारदेखि अड्किएको एकतासम्बन्धी छलफललाई आइतबार निरन्तरता दिने भएका छन् ।पार्टी एकताको विधिलगायत विषयमा विवाद भएपछि गत बुधबार वाम एकता संयोजन समिति सहमतिमा पुग्न सकेको थिएन ।


     
    आइतबार पुन: छलफल गर्ने गरी दुई नेताले वाम एकता संयोजन समितिको बैठक बोलाएका छन् ।

     ‘दुई दलबीच सहमतिको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको छ,’ शनिबार ओलीसँगको भेटपछि दाहालले सञ्चारकर्मीसँग भने ।


    प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारमा ढिलाइ गर्न नहुने, सकेसम्म आइतबार नै कुनै निष्कर्षमा पुग्नुपर्ने भन्दै माओवादीका तर्फबाट मन्त्रीहरू पठाउन दाहालसँग आग्रह गरेको स्रोतले जनायो ।

    माओवादीका मन्त्रीहरू नआउँदासम्म एमालेबाट पनि मन्त्री नथपिने भएकाले यसमा छिटो सहमति जनाउनुपर्ने ओलीको आग्रह थियो ।


    दाहालले मन्त्री पठाउने विषयमा पार्टीभित्र समस्या नरहेको, तर सबै विषय टुंग्याउँदा राम्रो हुने बताएका थिए ।

    त्यसैले सकेसम्म आइतबार संयोजन समितिबाट टुंग्याउन पहल गर्ने समझदारी भएको छ ।


    दुई दलबीच एकीकृत पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने समझदारी भइसकेको छ । तर अन्य नेताहरूको व्यवस्थापन, प्रधानमन्त्रीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा भने टुंगिएको छैन ।


    त्यस्तै, पार्टीको सिद्धान्तको सम्बन्धमा पनि मिलेका विषयलाई लिपिबद्ध गर्दै बाँकी महाधिवेशनसम्म छलफलमा लैजाने भन्ने दुई दलको समझदारीजस्तै थियो


    तर बुधबारको एकता वार्तामा दुवै पार्टीले हाल अवलम्बन गर्दै आएका सिद्धान्तबारे अहिले नै टुंग्याउनुपर्ने धारणा राखेपछि समझदारी बन्न नसकेको हो।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…