२०७४ फाल्गुन ६
काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ।
आइतबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो।
बैठकमा पार्टी एकतालगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले पार्टी एकताका लागि
केही सैद्धान्तिक र वैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको बताइन्।
प्रवक्ता भुसालले सरकारमा समर्थन जनाइसकेकाले पार्टी एकतामा बाँकी रहेका विषयको टुंगो लगाई राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहलगायत पदबारे प्याकेजमा सहमति भएपछि मात्रै सरकारमा सहभागी जानकारी दिइन्। अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए।
पार्टी एकताबारे ‘एकताको कुरा गर्न जादै छु’ भन्दै बैठकस्थलबाट बाहिरिएका थिए।