• २०७४ फाल्गुन ६


    पथरी । विद्यार्थीहरुको सिर्जसिल क्षमताको बिकास गर्ने उदेश्यले मोरङ पथरीशनिश्चरे नगरपालिका स्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयले आयोजना गरेको विज्ञान तथा प्रदर्शनी कार्यक्रममा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

    आइतबार विद्यालय परिषरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो ।

    कला प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबर्ट, पानीबाट चल्ने हाइड्रोलिक जेसीबी, डोजर, विज्ञान सम्बन्धी विभिन्न सामाग्री, खेति किसान र घरमा आवश्यक विभिन्न सामाग्री प्रदर्शनीको लागि राखिएको थियो । कक्षा १२ का विद्यार्थीहरुलेहोलोग्राम, ३डी फिल्म समेत प्रदर्शनी भएका थिए ।



    प्रदर्शनीमा राखिएको मध्ये बोटानिकल गार्डेन र स्मार्टसीटी दर्शकहरुले निक्कै मन पराएको विद्यालय सञ्चालक रबिन कन्दङ्वाले बताए ।

    पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका जाँते लगायतको १० वटा निजी विद्यालयबाट आएका विद्यार्थीहरु र एभरेष्टमा अध्ययनरत विद्यार्थी तथा अविभावक गरी पाँच हजार बढीले प्रदर्शनी अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए ।

    कक्षा युकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जनाहरु २३ वटा स्टलमा राखिएको थियो । हेरिसकेपछि भिजिटरहरु मार्फत स्टललाई भोट दिने व्यवस्था मिलाइएको थियो ।

    भोटिङको आधारमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने सञ्चालक रविन कन्दङ्वाले बताए । विद्यालयको ३२ औ बार्षिक उत्सवको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलो दिन अविभावकवीच खेलकुद, दोस्रो दिन विज्ञान कला प्रदर्शनी र अन्तिममा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…