• उर्लाबारी, भदौ २१

    नेपाली सुगम संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका रामकृष्ण ढकालको मोरङ उर्लाबारीमा एकल सांगितिक साँझ कार्यक्रम हुने भएको छ ।
    विजयीदशमीको अवसर पारेर उर्लाबारीमा – ७ मा रहेको चेरी टमेटो होटलको आयोजनामा आगामी असोज ५  गते ढकालको एकल साझ हुन लागेको हो । साझको ४ बजेबाट सुरु हुने कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको जनाएको छ ।
    नेपालीहरुको महान पर्व दसंैको अवसरमा संगीतमा रम्न चाहाने सबै स्रोताका लागी यस कार्यक्रमको आयोजना गरिएको होटलका संचालक दिनेश श्रेष्ठले जानकारी गराएका छन् । उनी भन्छन् ‘राम कृष्ण ढकाल नेपालको उत्कृष्ट गायक भएकोले उनको स्वागत सम्मानसँगै दसैंको अवसरमा उनका स्रोतालाई मनोरन्जन दिने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।’




                                                               कार्यक्रमबारे जानकारी दिदैं होटलका संचालक दिनेश श्रेष्ठ
    कार्यक्रममा गायक ढकालले आफ्ना पूराना तथा नयाँ लोकप्रिय गीतहरुका साथै स्वर्गिय स्वर सम्राट नारायण गोपालका प्रसिद्ध गीतहरू गाउने समेत श्रेष्ठले बताए ।
    ३ लाख अनुमान खर्च रहेको उक्त कार्यक्रमको प्रायोजन तथा टिकट बिक्रीबाटै हुने सञ्चालक श्रेष्ठले बताएका छन् । स्थापनाको छोटो अवधिमा नै सेवाग्राहीको मनजित्न सफल यस होटलले यसअघि अहिलेका पुस्ताका लोकप्रिय गायक स्वप्न सुनमको एकल साझ समपन्न गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…