• २०७४ फाल्गुन ६


    काठमाडौँ । एमाले र माओवादीको वाम एकताको छलफलका क्रमम विभिन्न औपचारिक भन्दा पनि अनौपचारिक विभिन्न दृष्यहरु देखिन थालेका छन् ।

    वाम एकतालाई मूर्त रुप दिन भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकान्त खोज्ने क्रममा लिलितपुरबाट भक्तपुर सरेका छन् ।

    शान्त वातावरण खोज्दै केही दिन पहिले ललितपुरको मानभवन पुगेका दुई शीर्ष नेता शान्त वातावरणकै लागि भक्तपुरको ठिमी पुगेका हुन् । केही दिन पहिले एमालेको आकस्मिक स्थायी समिति बैठक ललितपुर मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्यो ।

    ठेकेदार अधिकारी दाहाल निकट व्यवसायी मानिन्छन् । पछि पार्टी एकता संयोजन समितिको बैठक पनि त्यही बस्यो । त्यो घरमा बसेको बैठकबाट निष्कर्ष निस्केन । त्यो घर साँघुरो लाग्यो र त्यो भन्दा शान्त तथा बढी  फैलावट भएको हल चाहियो । र, ठीमी पुगे ओली–दाहाल ।

    ठीमीमा ओली–प्रचण्ड पसेको घर हो,–झापामा प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको । उनी पनि दाहाल निकट व्यवसायी हुन् । प्रसाईँले आफ्नो मेडिकल कजेजलाई सम्बन्धन दिलाउन लबिङ गरिरहेका छन् । ओली र दाहाल त्यसप्रति सकारात्म रहेको कुरा बाहिर आइसकेको छ ।

    बी एण्ड सी, मनमोहन मेडिकल कलेज लगायतलाई सम्बन्धन दिलाउन भन्दै वाम गठबन्धनले एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सुझाव कार्यदल बनाएका छन् । त्यो कार्यदलले सोमबार सुझाव एकता संयोजन समितिलाई बुझाउने छ । जहाँ ओली र प्रचण्ड लगायत शीर्ष नेताहरु छन् ।

    सुझाव बुझाउने  अघिल्लो दिन बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको घरमा दुई शीर्ष नेता नै भात खान पुगे । आइतबार विहान ११ बजेदेखि छलफलमा जुटेका उनीहरुले नेपाली सादा खाना  खाएको भनिएको छ । ओली–दाहाल र प्रसाईँ एउटै टेबुलमा खाना खाइरहेको तस्वीर पनि बाहिरिएको छ । एक्ला एक्लै भेटका कुराहरु बाहिर नआएपनि अनौपचारिक कुराहरु बाहिर आइरहेका छन् ।

    के खुवाए त व्यवसायी प्रसाईले ? ‘ओली–र दाहालका लागि ‘ब्राउन राइस’ र केही थरि दाल, तरकारी र सागको  व्यवस्था गरे ।’ ओलीले खाना खाँदा काँटा तथा चम्चा प्रयोग गरे भने, दाहालले सँधैझै हातैले खाए । खानाका क्रममा मात्रै व्यवसायी प्रसाईं मिसिए । एक्ला एक्लै वार्तामा ओली र दाहाल फेरि छिरे ।

    गएको वुधबार राति मानभवनमा भएको समझदारीले खासै प्रगति भएन । एमाले र माओवादीले आआफ्नै पुरानै सिद्धान्तलाई एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने अडान लिएपछि सम्वाद लम्बिएको छ । शनिबार पनि ओली र दाहालबीच भएको वार्ता पनि निश्कर्षमा पुग्न सकेन ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…