• पथरी । मोरङको पथरीशनिश्चरेमा न्यायपालिका र वडा सदस्यले नै बेईमानी गरेपछि एक वृद्ध तथा एकल महिलाको सडकमा पुगेकी छिन । उनी जुन जग्गामा उनी बस्दै आएकी थिईन,त्यही जग्गा उनकी बहिनी बिमला चन्द्रबंशी मण्डलले आफ्नो जग्गा भएको भन्दै निकालीदिएपछि उनी सडकमा पुगेकी हुन । यता आफ्नो जग्गा भनेर दाबी गर्ने बहिनीज्वाई नागेन मण्डल आफ्नो जग्गा कति हो, कतिमा किनेको र कहिले किनेको केही थाहा नभएको बताउँछन । बर्षौदेखि बस्दै आएकी कमलाको जस्तो दोहोरो स्वामित्वको जग्गा सो ठाँउमा धेरै रहेको छ ।





     




    यता न्यायपालिकाले न्याय दिनुको सट्टा एकल महिलालाई अन्याय गरेको देखिन्छ । न्याय पनि सन्तुलित नभएको गुनासो एकल महिला कमलाको छ । राष्टले सम्मान गरेको एकल र वृद्ध महिलालाई नगरपालिकाको न्यायलयले नै उठिबास लगाएको छ । ३। ३ पटक घर खाली गर्न पुगेका वडा सदस्य र न्यायिक सदस्य एकल महिलाको भन्दा नागेनको पक्षमा लागेको देखिन्छ । उपमेयर समेत घटनास्थलमा पुगेर एकल महिला र प्रहरीलाई दबाव दिएको पिडित कमला बताउँछिन ।घर भत्काउन पुगेका विश्वकर्मा र राई कमला मुर्छा परेर ढलेपछी भागेका थिए भने प्रहरी कमलाको उद्दार गर्न लागेको मौका छोपी ज्वाइँ नागेन मण्डलले घर भत्काएर ट्रयाक्टरमा लोड गरी लान आट्दा कमला उठि ट्रयाक्टरको अगाडि लम्पसार परी सुतेपछी जग्गा छाड्ने शर्तमा काठपात छोडेको कमला बताउँछिन ।

    घर खाली गर्न, घर भत्काउन र एकल महिलालाई सडकमा ल्याउन वडासदस्य जीवन राई र न्यायिक समिती सदस्य भद्रमान विश्वकर्मा सहितको टोली डोजर लिएर पुगेको कमला बताउँछिन । घर भत्काउन पुगेका विश्वकर्मा र राई कमला मुर्छा परेर ढलेपछी भागेका थिए भने प्रहरी कमलाको उद्दार गर्न लागेको मौका छोपी ज्वाइँ नागेन मण्डलले घर भत्काएर ट्रयाक्टरमा लोड गरी लान आट्दा कमला उठि ट्रयाक्टरको अगाडि लम्पसार परी सुतेपछी जग्गा छाड्ने शर्तमा काठपात छोडेको कमला बताउँछिन । कमलाले बाबू आमा पाल्ने भन्दै बिबाह गरेको भोलिपल्टै घर छोडेर माईत आएर बसेकी थिईन । पछि बाबू आमाको मृत्यू भए पछि भाइ बुहारीले कुटेपछी बहिनिको घरमा आएर बसेकी थिईन । बाबू आमाको अशंको भागिदार हुन उनी आफुसंग भएको सम्पती बहिनीको नाममा गरिको उनको भनाई छ ।

     

    जुन आफु बसेको जग्गा उनले छाँयादेवी पोख्रेलसंग बन्धकी लिएको र उनी वृद्ध आश्रम गएपछि कमलाले भाईबाट अंश लिन बहिनीको नाममा गरेकी कमला बताउँछिन । आफु एक्लो र निरीह भएकाले न्यायपालिकाले एक पक्षिय दबावमा नगरपालिकामा कागज गरी जग्गा छोडन कागज गराएको उनी बताउँछिन । यता छिमेकीहरु जग्गा धनिपुर्जाको अनुसार बहिनीको देखिन्छ तर बर्षौदेखि कमला बस्दै आएको र दाजुभाईबाट अंश लिन आफुसंग भएको सम्पत्ति कसैलाई थाहै नदिई बहिनिको नाममा गरेको बताउँछन ।

    जुन बेला उनीहरु एकाघरमा बस्दै आएको र मेलमिलाप रहेको छिमेकीको भनाई छ । हाल कमला बेसाहारा भएकाले भदैनी आएर बसेकोले भदैनीले खाली भन्ने शंकाले बिमला फुपु फुपाले यसोगरेको भदैनी बताउँछिन ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…