• काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र सरकारमा सहभागी हुने विषयमा सहमति भएको छ। सोमबार भक्तपुरको एक निजी घरमा भएको दुई नेताबीचको गोप्य वार्तामा सहमति भएको स्रोतले जनाएको छ।

    दुई नेताबीच भएको सहमतिलाई एकता संयोजन समितिको बैठकबाट पूर्णता दिने सहमति भएको छ। पार्टी एकता संयोजन समितिको बैठक सोमबार बेलुका बस्दैछ। र, सो बैठकले दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिनेछ।

    ओली र दाहालबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजनक समितिको बैठक बोलाइएको छ। दुई नेताबीच भएको सहमतिपत्रमा एकता संयोजन समितिको बैठकपछि दुवै नेताले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। ओली र दाहालबीच पार्टी एकता पद बाँडफाँड र सरकारमा  सहभागितालगायतका विषमया सहमति भएको बताइएपनि सार्वजनिक भने गरिएको छैन।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…