•  

    काठमाडौं, ७ फागुन । मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा उठ्यो । “विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजिदैन जननेता मदन भण्डारीको हत्यारा ?”

    अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री विद्यादेवी भण्डारी छिन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन् ।

    प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिबेला गठित आयोगका अध्यक्ष समेत हुन् । ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गए भने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु ।

    आज ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा छिन् । प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

    मदनको हत्याले सबैभन्दा बढी असर कसैलाई परेको थियो भने यिनै राष्ट्रपति विद्यादेवीलाई परेको थियो । मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा ।

    मनमा एकोहोरो पटक पटक आईरहेको प्रश्नको उत्तर खोज्न एमालेकै केही नेता र विश्लेषक तथा पत्रकारहरुसंग जिज्ञासा राखेँ । तर उत्तर पाउन सकिन ।

    उनीहरु पनि नाजवाफ पाएँ । उनीहरुमा पनि प्रश्नप्रतिको स्वभाविकता देखिए पनि उत्तर नभेटिएको अस्वभाविकता पनि झल्कीयो।

    https://www.youtube.com/watch?time_continue=53&v=E-Z87Ud2BCg

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…