• उर्लाबारी, ७ फागुन
    नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरित कार्य गर्ने तीन जनालाई कारबाहीको लागि सिफारिस गरेको छ ।
    उर्लाबारीमा सोमबार क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्यहरु उर्लाबारी–७ का भीमबहादुर राउत, रामप्रसाद सुबेदी तथा मिक्लाजुङका बिपिन खड्कालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको सचिव पर्वत राईले जानकारी दिए । प्रदेशसभा सदस्य निर्वाचनमा राउत राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीबाट मोरङ १ (क) बाट प्रत्यक्षतर्फका उम्मेद्वार बनेका थिए । यस्तै, सुवेदी सोही पार्टीबाट प्रदेश सभाको समानुपातिक उम्मेद्वार बनेका थिए ।
    यस्तै, बैठकले निर्वाचनमा असहयोग गर्ने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्षेत्र अन्तर्गतका विभिन्न वडा र गाउँ, नगर समितिका प्रतिवेदन आउने क्रममा रहेकोले प्रतिवेदनलाई सत्यतथ्य बुझी अझै समिक्षा गरिने सचिव राईले बताए । यसैगरी क्षेत्र नम्बर १ को निर्वाचन समिक्षा गर्दै पार्टी हारका कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारी संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…