• २०७४ फाल्गुन ८ मंगलबार

    काठमाडाै‌ : सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ जनाको नाम राष्ट्रपतिले स्वीकृत गरेकी छन्।

    राष्ट्रतपि कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले राष्ट्रियसभामा ३ जना मनोनित भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

    मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने ३ जनाको नाम सिफारिस गरेको थियो।

    राष्ट्रियसभामा सिफारिस भएकाहरुमा रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राई रहेका छन्।

    यसअघि देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।

    उक्त सिफारिस राष्ट्रपति कार्यालयमा पुगे पनि अनुमाेदन भएको थिएन।

    देउवा सरकारले गरेको सिफारिस खारेज गर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…