• २०७४ फाल्गुन ८ मंगलबार

    काठमाडाै‌ : सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ जनाको नाम राष्ट्रपतिले स्वीकृत गरेकी छन्।

    राष्ट्रतपि कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले राष्ट्रियसभामा ३ जना मनोनित भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

    मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने ३ जनाको नाम सिफारिस गरेको थियो।

    राष्ट्रियसभामा सिफारिस भएकाहरुमा रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राई रहेका छन्।

    यसअघि देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो।

    उक्त सिफारिस राष्ट्रपति कार्यालयमा पुगे पनि अनुमाेदन भएको थिएन।

    देउवा सरकारले गरेको सिफारिस खारेज गर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…