• काठमाडौं, ८ फागुन । नेपाल कम्यूनिष्ट विप्लव नेतृत्व पार्टीले आव्हान गरेको बन्दका क्रममा विभिन्न जिल्लामा प्रभाव परेको खबर छ । सुरक्षामा खटिएका प्रहरी टोलीमाथि विप्लव नेतृत्व पार्टीका कार्यकर्ताहरुले ढुंगामुढा समेत गरेको बुझिएको छ ।

    बन्दको समयमा डिउटीमा निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं।को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन । त्यसैगरि जनकपुरमा पनि झडप भएको छ ।

    उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाडादेवी १ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा २ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरे‍को नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । बन्दका कारण देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् । बन्दलार्इ अस्वीकार गर्ने दर्जनौ गाडीहरू आगजनीमा परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङलगायत देशका विभिन्न स्थानमा मालबहाक ट्रक र सवारी साधनहरू आगजनी गरेका हुन् ।

    यसैक्रममा बन्दलार्इ अटेर गरेर सवारी साधन चलाएको भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी भएका छन् । झापाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् ।

    विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड भएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् ।

    यता काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेका छन् भर्खरै एक सरकारी गाडीमा आगजनी भएको छ । काठमाडौंको मध्य बानेश्वरस्थित एपेक्स कलेजअगाडि एक सरकारी गाडीलार्इ आगजनी गरिएको छ ।

    आगजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । यता काठमाडौंस्थित सेतो पुलनजिकै एक सरकारी कारमा तोडफोड भएको समाचार छ । यता बन्दकै क्रममा आज राती पाल्पा, म्याग्दी र राजधानीका विभिन्न स्थानमा बम विस्फोट भएको बताइएको छ । यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका ५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन ।

    ना ४ ख ६८८० नं।को बसमा २ र ३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेको इलाका प्रहरी कार्यालय रूद्रपरले जनाएको छ । ढुंगा प्रहारबाट उक्त बसको ड्राईभर साईडको शिशा फुटेको छ । अन्य मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ ।

    यसैबीच बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…