• काठमाडौं, ८ फागुन । सरकारी पैसाले यसरी चाकरी ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी युवराज भुसालले यसरी केपी ओली प्रधानमन्त्री भएकोमा रंगीन हार्दिक शुभकामना छपाएर रेकर्ड नै राखेका छन् । भूकम्पपीडितको पैसामा यस्तो रमाइलो ?

    उनी कांग्रेसी हुन् । कांग्रेसी नेता रामचन्द्र पौडेलले हारगुहार गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सम्धि भुसाललाई मोटो रकम हालीमुहाली गर्ने त्यो पदमा आसिन गराएका हुन् ।

    उनले माइवाप कांग्रेसीले चुनाव हारेको, सत्ता छाडेको स्थितिमा ओली प्रधानमन्त्री भएकोमा खुशीयाली प्रकट गरेर यसरी शुभकामना र कार्यकालको सफलताको कामना समेत गरेका हुन् ।

    कसले पत्याउने उनको पवित्र शुभकामना हो भनेर ? दोग्ला चरित्रको पनि हद हुन्छ, युवराज भुसालले त हदै नाघे । उनको कामनाले ओली सरकारलाई लाभ होला कि हानी, त्यो अर्कै कुरा हो तर भूकम्पपीडितका लागि माखो नमार्ने कार्यकारीका कारण पीडितको दाना, खाना र नाना यसैगरी अपचलन भइरहेको छ ।

    सम्पन्नता र सुशासनको प्रतिवद्धता जनाउने प्रधानमन्त्री केपी ओलीलाई यो चाकरीको शैली कस्तो लाग्यो कुन्नी ? यति हुँदा पनि प्रधानमन्त्री मौन हेरिरहेका छन्, के हो यो ?

    प्रधानमन्त्रीलाई असफल पार्ने यो शैलीलाई जति छुट दियो, उति देशका लागि घातक हुन्छ भन्ने प्रधानमन्त्रीले बुझ्ने कहिले हो ? अन्यथा आउने दिनमा अरु पनि यस्ता भ्रष्टाचारका प्रकरणहरु दोहारिने छन्, जसले देश, सुशासन, सम्पन्नता र अनुशासनलाई पटक्कै फाइदा हुन्न ।

    यतिमात्र होइन, अरु पनि हाकिमहरुले राज्यको सम्पत्ति यसैगरी दुरुपयोग गरेर शुभकामना दिने, फूलका बुकी बोकेर प्रधानमन्त्रीको चाकरी गर्न जाने निरन्तरता जारी छ ।

    अब नियुक्त हुने मन्त्रीहरुालई शुभकामना दिने कार्य पनि यसैगरी बजेटको जुरुपयोग गरेर हुनेछ । प्रधानमन्त्री भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गरेका छन्, यो चाकरी र चरित्र भ्रष्टाचार हो कि होइन, शून्य सहनशीलतामा पर्छ कि पर्दैन ?

    यसरी पदको, बजेटको दुरुपयोग गर्नेमाथि अहिले नै झटारो हान्न सकिएन भने ओलीजी, यस्तो चरित्र झन झन बढेर जानेछ, जसले ओलीका सपनाहरु, शासन र सत्तालाई खिया लगाउने बाहेक केही गर्नेछैन, समझ मे आई बात ?

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…