• २०७४ फाल्गुन ९

    तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन मोटरेबल पुल निर्माणको काम रोकिएको छ ।

    निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधीले पुलको स्थलगत अनुगमन गरेका थिए ।

    पुलमा प्रयोग गरिएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट नआउन्जेलसम्म काम रोक्न जनप्रतिनिधीले निर्माण कम्पनीलाई निर्देशन दिए पछि काम रोकिएको हो ।

    पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ सहितको जनप्रतिनिधी र तेह्रथुमबाट म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे नेतृत्वको टोलीले फरक फरक मितिमा पुलको स्थलगत अनुगमन निरीक्षण गरेका थिए ।

    ३ वर्षमा काम सम्पन्न गर्नेगरी ५ वर्ष अघि ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म ४० प्रतिशत पनि काम पुरा नभएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभयो ।

    पुल निर्माणका लागि १५ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो ।

    पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ ।

    पाँचथरको सदरमुकाम फिदीम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दुरीको यो पुल निर्माणपछि मेची र कोशी राजमार्गको सिधा सम्पर्क समेत जोडिनेछ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …