• २०७४ फाल्गुन १०

    काठमाडौं। पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् ।

    जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् ।

    अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना पठाएको छ । सञ्चालक नारायण तिमल्सेना भने ५ लाख धरौटी बुझाएर छुटेका छन् ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ १६ गते नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग मिलेमतो गर्दै स्वास्थ्य उपचारमा संलग्न नक्कली डाक्टरहरूलाई पक्राउ गरेको थियो ।

    ब्युरोले काठमाडौंका ५ अस्पतालमा छापा मारी १३ चिनियाँ, १ अस्ट्रेलियन र ३ नेपाली सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो ।

    ब्युरोले झूटा विज्ञापन गर्दै चिकित्सा विज्ञान नै नपढेका डाक्टर उपचारमा संलग्न रहेको र सर्वसाधारण झुक्याउने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो । कान्तिपुर देनिक

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…